ट्राफिक प्रहरीको ‘एक्सन’ जथाभावी पार्किङ गर्ने १५ रात्रीकालीन बस फन्दामा
माघ २२, २०८२ बुधबार ११२ पटक हेरिएको
ट्राफिक प्रहरीको ‘एक्सन’: जथाभावी पार्किङ गर्ने १५ रात्रीकालीन बस फन्दामा
काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुनौती दिँदै जथाभावी पार्किङ गर्ने रात्रीकालीन बसहरूमाथि प्रहरीले निगरानी बढाएको छ।
ए टिभी न्युज
काठमाडौँ । काठमाडौँको सडकलाई ‘पार्किङ स्थल’ बनाउन खोज्ने रात्रीकालीन बसहरूमाथि ट्राफिक प्रहरीले कडा कारबाही सुरु गरेको छ। बाटो इजाजत (रुट परमिट) अनुसारको गन्तव्यमा नगई सडक किनारमै बस थन्क्याएर सवारी आवागमनमा बाधा पुर्याउने १५ वटा लामो दूरीका बस बुधबार प्रहरी नियन्त्रणमा परेका छन्।उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाले विशेष ‘चेकिङ’ अभियान चलाउँदै विभिन्न स्थानबाट यी बसहरूलाई समातेको हो। मुख्य गरी दुईवटा कारणले यी बसहरू कारबाहीमा परेका हुन्
नियम उल्लंघन तोकिएको अन्तिम गन्तव्यसम्म नगई बीच बाटोमै पार्किङ गर्नु।अवरोध: जथाभावी पार्किङले गर्दा सडकमा सवारी जाम बढ्नु र सुरक्षा जोखिम निम्त्याउनु।
“यात्रुको सुरक्षा र सहरको ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न हामीले यो कदम चालेका हौँ। सडक सबैको साझा हो, कसैको निजी पार्किङ होइन,” सूचना अधिकारी एसपी नरेशराज सुवेदीले स्पष्ट पारे।
ट्राफिक प्रहरीले रात्रिको समयमा हुने यस्ता गतिविधिमाथि थप कडाइ गर्ने संकेत दिएको छ। सडक सुरक्षा र व्यवस्थित यातायातका लागि चालक र व्यवसायी दुवै जिम्मेवार बन्नुपर्ने देखिन्छ।