Trend
मंगलबार , फागुण १९, २०८२

देशको उकुसमुकुस र खस्किँदो मानसिक स्वास्थ्य: स्वास्थ्यमन्त्रीको चिन्ता

नेपाली समाज अहिले एउटा यस्तो संक्रमणकालबाट गुज्रिरहेको छ, जहाँ बाह्य परिस्थितिले मानिसको भित्री शान्ति खल्बल्याएको छ। स्वास्थ्यमन्त्रीको यो भनाइले राज्य अब केवल शारीरिक उपचारमा मात्र सीमित नभई, नागरिकको ‘मन’ निको पार्ने योजनामा पनि लाग्नुपर्ने संकेत गर्छ।

ए टिभी न्युज

काठमाडौँ | देशको सुस्त अर्थतन्त्र, राजनीतिक अस्थिरता र बदलिँदो सामाजिक परिवेशको बाछिटा अब नेपालीको ‘मन’ सम्म पुग्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले देशको वर्तमान परिस्थितिकै कारण नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर संकट देखिन थालेको बताएकी छन्।

बुधबार लगनखेलस्थित मानसिक अस्पतालको निरीक्षणपछि मन्त्री शर्माले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले शपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् ।

अस्पतालको अवलोकनपछि मन्त्री शर्माले भनिन्, “मैले जति अनुमान गरेकी थिएँ, समस्या त्योभन्दा निकै भयावह रहेछ।” अस्पतालका ओपिडीमा बिरामीको लामो ताँती मात्र छैन, वार्डका बेडहरू पनि भरिभराउ छन्। चिन्ताको विषय त के छ भने, यसको चपेटामा वयस्क मात्र होइन, बालबालिका र किशोरकिशोरी समेत परेका छन्।

मन्त्रीका अनुसार समाजमा देखिएका आर्थिक र सांस्कृतिक विचलनहरू सिधै मानिसको मस्तिष्कमा ठोक्किएका छन्। बेरोजगारी, भविष्यको अनिश्चितता र सामाजिक दबाबका कारण नागरिकहरूमा विभिन्न किसिमका मानसिक समस्याहरू बल्झिएका हुन्।

स्वास्थ्यमन्त्रीले एउटा तीतो यथार्थ पनि स्वीकार गरिन्— राज्यले वर्षौँदेखि मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोण संकुचित छ।

“मैले शपथ लिएकै दिनदेखि यसलाई प्राथमिकतामा राखेको छु, तर यो क्षेत्रले जति महत्त्व पाउनुपर्ने हो, त्यति पाउन सकेको छैन।”

आफ्नो कार्यकालको अनुभव साट्दै उनले आगामी सरकारले पनि मानसिक स्वास्थ्यलाई केवल ‘अस्पतालको सेवा’ मात्र नठानेर ‘राष्ट्रिय प्राथमिकता’ को विषय बनाउनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP