बढैयातालमा यस वर्ष ५ सय ४९ बालिका हरुलाई लाई एच पिभि खोप दिईने
बर्दिया जिल्लामा विभिन्न स्थानमा गरिएको स्क्रिनिङ्गमा पाठेघरको मुखको क्यान्सर फेला पर्ने गरेको छ । नेपालमा हरेक दिन चार जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरको कारणले हुने गर्दछ भने हरेक वर्ष एक हजार तीन सय १३ जना पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुने तथ्याङ्क रहेको छ ।
ज्ञानेन्द्र पोख्रेल
बर्दिया / माघ २०८२, यस वर्ष बर्दियाको बढैयाताल गाँउपालिका भित्र रहेका ५ सय ४९ जना बालिकाहरु लाई एचपिभि खोप लगाइने भएको छ । पाठेघरको मुखमा हुने क्यान्सर रोगबाट बचाउनका लागि यही माघ २५ गते देखि २९ गतेसम्म अभियान को रूपमा खोप लगाउन थालिएको हो भने बढैयाताल गाऊपालिका भित्र विद्यालयहरु मा माघ २५ गते र समुदाय बाहिर २६ गते खोप लगाईने भएको छ ।
विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाई खोप लगाउन थालिएको हो । यस अघि खोप लगाउन छुटेका माथिल्लो कक्षाका बालिकाहरूलाई पनि खोप लगाइने स्वास्थ्य शाखा बढैयाताल का प्रमुख विष्णु पौडेलले जानकारी दिएका थिए । विद्यालय बाहिर रहेका १० देखी १४ बर्ष सम्म का बालिकाहरूलाई माघ २९ गते सम्म स्वास्थ्य संस्थामा खोप लगाउने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशभरी नै माघ २५ देखि २९ गतेसम्म एचपिभि खोप लगाउने योजना रहेको जानकारी गराउनुभएको छ ।
गत वर्ष बर्दिया जिल्ला को बढैयाताल गाऊपालिका भित्र का विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष सम्मका गरि २ हजार ४ सय ८४ जनालाई खोप लगाइएको स्वास्थ्य शाखा बढैयाताल को तथ्याङ्कमा उल्लेख गरिएको थियो ।
बर्दिया जिल्लामा विभिन्न स्थानमा गरिएको स्क्रिनिङ्गमा पाठेघरको मुखको क्यान्सर फेला पर्ने गरेको छ । नेपालमा हरेक दिन चार जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरको कारणले हुने गर्दछ भने हरेक वर्ष एक हजार तीन सय १३ जना पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुने तथ्याङ्क रहेको छ ।
भविष्यमा हुने पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप लगाउन थालिएको बढैयाताल पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष हिमालय त्रिपाठी बताउनुभयो । बढैयाताल गाऊपालिका खोप समन्वय समितिको आयोजनामा गरिएको सरोकारवालाहरु सँग छलफल कार्यक्रममा उहाँले पालिका भित्र मा लक्षित समूहका सम्पूर्ण बालबालिकाहरूलाई खोप लगाउन आग्रह गर्नु का साथै सबै लाई यस अभियानलाई सफल बनाउन सहयोग गर्ने अनुरोध गर्नुभयो ।
यसै गरी बढैयाताल गाऊपलिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले सबै ‘बालिकाहरू निर्धक्कका साथ खोप लगाउनका लागि खोपबारे प्रचार प्रसार गरि सहयोग गरिदिनु हुन सबैलाई आग्रह गर्नुभएको छ भने बढैयाताल गाऊपालिका को आयोजनामा आज भएको खोप अभियान अभिमुखीकरण कार्यक्रम मा खोप के हो ,किन लगाउने , खोप नलगाउदा हुने समस्या र पाठेघरको मुखको क्यान्सर भनेको के हो यो कसरी हुन्छ लगायतका विषयमा बढैयाताल स्वास्थ्य शाखाका स्वास्थ्य कर्मी रमेश पौडेल ले अभिमुखिकरण गरेका थिए । कार्यक्रम बढैयाताल स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल को सभापतित्व मा भएको थियो ।






