बर्दियामा लागू औषधसहित एक व्यक्ति पक्राउ
इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–२, रनिपुरस्थित सिमा नाकाबाट नेपालतर्फ आउँदै गरेका एक पैदल यात्रुलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।
अफजल खान
बर्दिया । जिल्लामा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–२, रनिपुरस्थित सिमा नाकाबाट नेपालतर्फ आउँदै गरेका एक पैदल यात्रुलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बाँसगढी नगरपालिका–४, मटेरिया बस्ने वर्ष २७ का कालीराम थारूको साथबाट पहेँलो र निलो रंगको प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको ८ पुडिया प्लास्टिकसहित ४४० मिलिग्राम र प्लास्टिक हटाई शुद्ध तौल गर्दा ३४० मिलिग्राम लागू औषध (ब्राउन सुगर जस्तो देखिने खैरो रंगको धुलो पदार्थ) बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई बरामद लागू औषधसहित इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।