Trend
शनिबार , भाद्र २७, २०८३

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित, कानुनी रूपमै व्यवस्थित हुँदै फिल्म क्षेत्र

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले अघि सारेको उक्त विधेयक २०८२ वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो। जेठ ६ गते सभामा प्रस्तुत गरिएको विधेयकमाथि असार ९ गते सामान्य छलफल भएको थियो।

अफजल खान
काठमाडौं, २८ माघ – चलचित्र क्षेत्रलाई कानुनी रूपमा व्यवस्थित गर्ने उद्देश्यसहित ल्याइएको चलचित्रसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभाले उक्त प्रस्तावलाई एकमतले स्वीकृति दिएको हो।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले अघि सारेको उक्त विधेयक २०८२ वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो। जेठ ६ गते सभामा प्रस्तुत गरिएको विधेयकमाथि असार ९ गते सामान्य छलफल भएको थियो। त्यसपछि साउन १४ गते दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो।
समितिबाट पारित भएर सभामा फर्किएको विधेयक अन्ततः राष्ट्रिय सभाबाट सर्वसम्मतिले अनुमोदन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP