Trend
मंगलबार , फागुण १९, २०८२

नेपाल पत्रकार महासंघको अन्तरक्रिया : सूचनाको हकको सही प्रयोगमा जोड

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले सूचनाको हक खराब प्रयोजनका लागि प्रयोग हुने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरे। उनले सूचनाको हक लुकाइएका सार्वजनिक महत्वका सूचना बाहिर ल्याउनका लागि भएको स्पष्ट पारे।

ए टिभी न्युज

काठमाडौं – सूचनाको हकको प्रभावकारी अभ्यास र यससम्बन्धी चुनौतीबारे नेपाल पत्रकार महासंघले राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा “मिडियामा सूचनाको हकको प्रयोगः अभ्यास र चुनौती” विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले जनताको सूचनाको हक ऐनले मात्र सुनिश्चित नहुने बताउँदै समयसापेक्ष अभ्यास आवश्यक रहेको धारणा राखे। सही सूचना सही समयमा पाउनु महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सूचनाको दुरुपयोग नगर्न आग्रह गरे।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले सूचनाको हक खराब प्रयोजनका लागि प्रयोग हुने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरे। उनले सूचनाको हक लुकाइएका सार्वजनिक महत्वका सूचना बाहिर ल्याउनका लागि भएको स्पष्ट पारे।

महासंघकी अध्यक्ष निर्मला शर्माले सूचनाको हक प्रयोग गर्नेमा पत्रकार अग्रस्थानमा रहेको उल्लेख गर्दै यसको जिम्मेवार प्रयोग हुनुपर्नेमा जोड दिइन्। त्यसैगरी प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मागिएको प्रयोजनअनुसार नै सूचना प्रयोग गर्नुपर्ने बताए।
महासंघका पूर्वसभापति तारानाथ दाहालले सूचनाको हकको कार्यान्वयनले सुशासनको अवस्था उजागर गर्ने धारणा राखे। पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले सूचना अधिकारीको भूमिका प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए भने विपुल पोख्रेलले ऐन कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्नुपर्ने बताए।

कार्यक्रममा अभियन्ता तथा पत्रकारहरूसँग समूहगत छलफल समेत गरिएको थियो। पत्रकार तथा शिक्षक एकराज पाठकले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव रामप्रसाद दाहाल र सचिव बैकुण्ठ राज पराजुलीले गरेका थिए।
अन्तरक्रियामा सूचनाको हकलाई जिम्मेवार, पारदर्शी र जनमुखी बनाउन सबै पक्षले समन्वय गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP