Trend
मंगलबार , फागुण १९, २०८२

बैठकमा रङहरूको पर्व होलीलाई र मुस्लीम समुदायको चाड रमजान एकै महिनामा पर्ने गएकोले सदभावपूर्ण रूपमा चाडपर्व मनाउन र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरोकारवाला निकायलाई जिम्मेवार बनाउन बैठकको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बर्दिया / २o८२ फाल्गुण १३ बुधबार,/ ज्ञानेन्द्र पोख्रेल , गुलरिया

बर्दियामा चुनाब र चाडपर्व लक्षित सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न:-

बर्दिया / जिल्ला प्रशासन कार्यालय बर्दियाले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठक यहि फाल्गुन १३ गते सम्पन्न भएको छ ।

प्रतिनिधि सभा चुनाब को मुखैमा आएको होली र रमजान चाडपर्व, प्रतिनिधिसभा सदस्य निर्वाचन, आचारसंहिता लगायतको विषयमा छलफल गर्न सर्वदलीय सर्वपक्षीय बैठक को आयोजना गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी गराएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा राजनीतिक दलका नेताहरू, धार्मिक अगुवा, नागरिक समाजका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, उद्योग वाणिज्य संघ का प्रतिनिधि ,संञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

बैठकमा रङहरूको पर्व होलीलाई र मुस्लीम समुदायको चाड रमजान एकै महिनामा पर्ने गएकोले सदभावपूर्ण रूपमा चाडपर्व मनाउन र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरोकारवाला निकायलाई जिम्मेवार बनाउन बैठकको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले यसपटकको निर्वाचन विशेष परिस्थितिमा हुने लागेको र अन्य निर्वाचन भन्दा अलि फरक भएको ले यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए । उनले भने, ‘निर्वाचनको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्न राजनीतिक दलका उम्मेदवारलाई आग्रह गर्दछु । आचारसंहिता बारे सबैजना जानकार भएको हुदाँ यसलाई पूर्ण रूपमा पालना गर्नुपर्ने दायित्व सबैको भएकोले आचारसंहिता उल्लंघन गर्ने कर्मचारी, शिक्षक लगायत लाई आचार संहिता विपरित कार्य गरेको पाईएमा विभागीय कारबाहीको लागि सिफारिस गर्ने सकिने बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालय बर्दिया प्रमुख लालबहादुर मल्लले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्ने दायित्व सबैको भएको हुँदा सबैजना मिलेर निर्वाचन लाई सफल गराउन लाग्नुपर्ने बताए । उनले भने, ‘निर्वाचनको पूर्वसन्ध्यामा होली र रमजान पर्व पनि संगै पर्ने भएको हुँदा होली मनाउँदा आचारसंहिता उल्लंघन नगर्न आग्रह गर्दछु यसै गरी जिल्ला प्रहरी कार्यालय बर्दिया का प्रमुख सरोज पौडेल ले शान्ती सुरक्षा को सवालमा कुनै कसर बाँकी नराख्ने र ७२ घण्टा भारतीय सिमा क्षेत्र बन्द रहने भएकोले यदि कोही कसैलाई अति आवश्यक कामले भारत तर्फ आवत जावत गर्ने परेमा सुरक्षा निकाय संग समन्वय गर्ने सकिने कुरा बताएक थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP