Trend
बुधबार , बैसाख २, २०८३

ट्राफिक सचेतना जगाउँदै मैनापोखर ट्राफिक प्रहरी

नेपालगंज गुलरिया हुलाकी राजमार्ग चार लेनको भए पश्चात अत्याधिक दुर्घटनाको जोखिम बढेको जनगुनासो आएपछि दुर्घटना न्यूनीकरणको लागी अभियानको रुपमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको
ज्ञानेन्द्र पोख्रेल

बर्दिया/ ईलाका प्रहरी कार्यालय मैनापोखर मातहत रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट मैनापोखरले निरन्तर ट्राफिक सचेतना अभियान कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सडकमा गुडिरहेका सवारी साधनका चालकलाई होस् चाहे पैदलयात्री तथा विद्यालयक विधायीहरु लाईहोस् निरन्तर सचेतना कार्यक्रम गरिरहेको छ।

नेपालगंज गुलरिया हुलाकी राजमार्ग चार लेनको भए पश्चात अत्याधिक दुर्घटनाको जोखिम बढेको जनगुनासो आएपछि दुर्घटना न्यूनीकरणको लागी अभियानको रुपमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी अस्थायी ट्राफिक प्रहरी पोष्ट मैनापोखर का प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक चेतराज जोशीले जानकारी दिनुभयो ।

यहि चैत्र १० गते बढैयाताल गाऊपालिका वडा नं ८ मा रहेको भगवती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाई बैनीहरु लगायत विद्यालयका सवारी साधनका चालक तथा सहचालक समेत लाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको र सडक मा आवत जावत गर्दा, सडक पार गर्दा तथा सडकमा सवारी साधन चलाउदा तथा रोक्दा अपनाउनु पर्ने सावधानीका उपायहरू बारे जानकारी गराईएको थियो । साथै यहि चैत्र ९ गते ट्राफिक प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखर ले यस बढैयाताल गाउपालिका क्षेत्र मा शान्ती सुरक्षा व्यवस्थापन, लागुऔषध नियन्त्रण, सडक दुर्घटना न्युनिकरण, चोरी तस्करी नियन्त्रण , मानव वेचविखन तथा प्रहरी ले प्रदान गर्ने सेवा सुविधा लगायतका विषयमा सरोकारवाला विच नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP