पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना
संचारकर्मीहरुको हक,हित,अधिकार तथा पेशागत सुरक्षाको सुनिश्चितताका लागि निरन्तर संघर्षरत गौरवशाली संस्था नेपाल पत्रकार महासङ्घको स्थापना दिवस नेपाली संचारकर्मीहरुको लागि उत्साह र उत्सवको दिन पनि हो।म यस अवसरमा सम्पूर्ण संचारकर्मी तथा सञ्चार क्षेत्रसग आबद्ध व्यक्ति एवम् संस्थाहरुलाई हार्दिक शुभकामना प्रकट गर्दछु ।
राजेन्द्रप्रसाद धिताल
बर्दिया /नेपाली संचारकर्मीहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको आज ७१ औं स्थापना दिवस हो।लोकतन्त्र ,मानव अधिकार ,सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सर्वथा अग्रपंक्तिमा रहेर वकालत गर्ने नेपालको अग्रणी नागरिक संस्था नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको यो गौरवमय दिनमा सर्वप्रथम नागरिक सर्वोच्चता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो जीवन अर्पण गर्ने ज्ञात अज्ञात सञ्चारकर्मी तथा नागरिक सहिदहरुप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।संचारकर्मीहरुको हक,हित,अधिकार तथा पेशागत सुरक्षाको सुनिश्चितताका लागि निरन्तर संघर्षरत गौरवशाली संस्था नेपाल पत्रकार महासङ्घको स्थापना दिवस नेपाली संचारकर्मीहरुको लागि उत्साह र उत्सवको दिन पनि हो।म यस अवसरमा सम्पूर्ण संचारकर्मी तथा सञ्चार क्षेत्रसग आबद्ध व्यक्ति एवम् संस्थाहरुलाई हार्दिक शुभकामना प्रकट गर्दछु ।
नेपाल पत्रकार महासङ्घ गर्विलो इतिहास र भरपर्दो भविष्य भएको नागरिक संस्था हो ।यसको स्थापना विक्रम सम्वत २०१२ साल चैत्र १६ गते भएको थियो ।यसका संस्थापक सभापति नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष सन्त नेता कृष्णप्रसाद भट्टराई हुनुहुन्छ ।स्थापना कालमा यो संस्था नेपाल पत्रकार सङ्घको रूपमा थियो।पछि विक्रम सम्वत २०५३ साल जेठ २९ गते यसलाई महासङ्घमा रुपान्तरण गरिएको थियोे ।देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङठित गर्दै व्यवसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण संचार क्षेत्रको विकासका लागि काम गर्नु महासङ्घको मूलभूत लक्ष्य एवम् दायित्व हो।लोकतन्त्र र पत्रकारिता एक अर्कासग अभिन्न छन ।स्वतन्त्र पत्रकारिताको विकास तथा अभिव्यक्ति स्वतन्त्रताको प्रबर्द्धनका खातिर सवल लोकतान्त्रिक प्रणाली आवश्यक हुन्छ ।लोकतान्त्रिक प्रणालीको सवलीकरणका लागि पनि सशक्त पत्रकारिता तथा सचेत नागरिक समाजको आवश्यकता हुन्छ ।लोकतन्त्रविना पत्रकारिता जीवन्त रहदैन भने पत्रकारिता विना लोकतन्त्र पनि अपाङ्ग सावित हुन्छ ।यस तथ्यलाई मनन गर्दै नेपालको पत्र्कारिताले अखण्ड रुपमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरणका लागि संघर्ष गरेको छ।राणा शासन विरुद्धको संघर्षमा युगवाणी,जन्मभूमि ,गोर्खाली ,सर्चलाइट लगायतका पत्रिकामार्फत नेपालको लोकतान्त्रिक आन्दोलनले गति प्राप्त गरेको थियो ।राणा शासनमा स्वतन्त्र पत्रकारिताको कुनै गुन्जायस थिएन ।प्रवासबाट नेपालीहरुले लोकतन्त्रका लागि मिसन पत्राकारिता गरेका थिए ।२००७ मा नेपालमा प्रजातन्त्रको उदय भयो।००७ देखि ०१७ को दशकमा नेपालमा स्वतन्त्र पत्रकारिताको उल्लेखनीय विकास भयो ।यही कालमा नै नेपाल पत्रकार सङ्घ जस्तो पत्रकारको अधिकार संरक्षण गर्ने संस्थाको जन्म भयो ।०१७ सालमा लोकतान्त्रिक प्रणाली समाप्त गरियो ।त्यसपछि फेरि नेपालमा पत्रकारको स्वतन्त्रता समाप्त भयो ।मानव अधिकारको मूल स्तम्भ अभिव्यक्ति स्वतन्त्रतामाथि पूर्ण रूपमा अङ्कुश लाग्यो ।पञ्चाय व्यवस्थाको ३० बर्षे शासन अवधिमा नेपाली पत्राकारिताले लोकतान्त्रिक व्यवस्थाको पुनस्थापनाको लागि संघर्ष गरेको छ ।पन्चायतको तानाशाही व्यवस्थाका विरुद्ध नेपाली पत्रकारहरु मिसन पत्रकारका रूपमा कृयाशील भएर लडेको यथार्थ हाम्रो सामु छ।२०४६ को जन आन्दोलनलाई सफल बनाउन नेपाली पत्रकारिताको योगदान अविस्मरणीय छ।२०४७ सालपछि नेपाली पत्रकारिताले व्यावसायिकताको युगमा प्रवेश गर्यो ।ठूल्ठूला सञ्चारमाध्यम र सञ्चारगृहको स्थापना भएर पत्रकारिताले उद्योगको रूपमा फस्टाउने अवसर पायो ।विडम्बना मुलुकमा २०४७ को सम्बिधान र प्रजातान्त्रिक व्यवस्था टिकाउ हुन सकेन।२०५२ सालबाट मुलुकमा माओवादी विद्रोहीहरुले सशस्त्र विद्रोहको प्रारम्भ गर्यो ।२०६२/०६३ सम्म चलेको यो विद्रोहको कालखण्डमा राज्य र विद्रोही दुबै पक्षबाट नेपाली पत्रकारिता प्रताडित हुन पुग्यो ।यही पृष्ठभुमिमा तत्कालीन राजा ज्ञानेन्द्रले निरङ्कुश राजतन्त्रको अभ्यास गर्न थाल्नु भयो र स्वतन्त्र पत्रकारिताले जोखिम मोल्नु पर्यो ।१० बर्षे सशस्त्र द्वन्द्वको समयमा होस् या राजाको निरङ्कुशतन्त्रको समयमा होस्, नेपाली पत्रकारिताले जिम्मेवार भएर लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर खबरदारी गरेको सुन्दर इतिहास छ।यस क्रममा नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासङ्घ र यसको नेतृत्वले निर्वाह गरेको भूमिका सर्वथा स्मरणीय छ,स्तुत्य छ।लोकतन्त्रको मिसनमा होस् या व्यवसायिक पत्रकारिताको प्रबर्द्धनमा,नागरिक अधिकारको संरक्षणमा होस् या पत्राचारहरुको पेशागत हकहितको सुरक्षाका लागि होस् पत्रकार महासङ्घले हर्दम सडकदेखि वैचारिक मंचसम्म नेतृत्वदायी अग्रसरता देखाएको छ ।त्यसैले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास नेपाल पत्रकार महासङ्घको योगदान स्वर्णाक्षरले लेखिएको छ।
यस प्रकारको गौरवले मण्डित संस्था नेपाल पत्रकार महासङ्घको बर्दिया शाखाको स्थापना भने २०४० सालमा भएको मानिन्छ ।बर्दियाका अग्रज पत्रकार एवम् अधिकारकर्मी दिनेश श्रेष्ठका अनुसार बर्दियामा लोकतान्त्रिक आन्दोलनका अगुवा श्री नवीन चन्द शर्माको अध्यक्षतामा २०४० सालमा नेपाल पत्रकार सङ्घ बर्दिया शाखा गठन गरिएको थियो।शाखाको सचिवमा श्री दिनेश श्रेष्ठ र सदस्यमा चक्रपाणि शर्मा लगायत व्यक्तिहरू रहनु भएको कुरा पत्रकार श्रेष्ठले जानकारी दिनुभएको छ।बीचमा निष्क्रिय जस्तै रहेको यो संस्थाले २०४८ सालबाट जीवन्तता प्राप्त गरेको छ । बर्दियामा विष्णुप्रसाद तिमिल्सिना ,ईश्वरी प्रसाद बस्याल,कमल पन्थी ,युवराज श्रेष्ठ २ पटक ,श्रीराम सिग्देल ,राजेन्द्रप्रसाद धिताल २ पटक र यादव आचार्यले यसअघि नेतृत्व गरिसक्नु भएको छ।अहिले निर्मल घिमिरेको नेतृत्वमा महासङ्घ बर्दियाले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ।
समयको परिवर्तनसगै पत्रकारिता अत्याधुनिक चरणमा प्रवेश गरेको छ।यतिबेला समयले पत्रकारिता गर्ने व्यक्ति र नेतृत्वसग नयाँ कुराको अपेक्षा गरेको छ।अहिले प्रविधिको पहुँच र प्रभाव व्या





