Trend
आइतबार , साउन १०, २०८३

गुलरियामा अवैध सालको काठसहित दुई जना पक्राउ

प्रहरीले अटोमा लोड गरी ल्याउँदै गरेको करिब ७ फिट लम्बाइको ३ थान (२०.१४ क्युफिट) सालको गोलिया काठ बरामद गरेको जनाएको छ। बरामद काठको अनुमानित मूल्य ३० हजार रुपैयाँ बराबर रहेको छ।

अफजल खान✍️

बर्दिया / जिल्ला प्रहरी कार्यालय बर्दिया ले अवैध साल जातको काठ बरामद गरेको छ। प्रहरीका अनुसार २०८१ चैत २४ गते राति करिब १२:३० बजे गुलरिया नगरपालिका–९ गणेशचोक नजिक गस्ती टोलीले रातो रंगको ब्याट्री अटो जाँच गर्ने क्रममा काठ बरामद गरेको हो।

प्रहरीले अटोमा लोड गरी ल्याउँदै गरेको करिब ७ फिट लम्बाइको ३ थान (२०.१४ क्युफिट) सालको गोलिया काठ बरामद गरेको जनाएको छ। बरामद काठको अनुमानित मूल्य ३० हजार रुपैयाँ बराबर रहेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रमोद निषाद र समीर थारु लाई नियन्त्रणमा लिइएको छ। उनीहरू सवार भे १ ह ७९५८ नम्बरको ब्याट्री अटो समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

घटनामा संलग्न दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गुलरिया, बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP