Trend
बुधबार , भाद्र १०, २०८३

राझाँ विमानस्थलले शुरू गऱ्यो निशुल्क बस सेवा

ज्ञानेन्द्र पोख्रेल

बाके / पश्चिम नेपालको बाँके जिल्लामा रहेको एक मात्र व्यस्त बिमानस्थल ले हवाई यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै विमानस्थल देखी राँझा चोकसम्म निःशुल्क ‘सटल बस सेवा’ आज देखी सञ्चालनमा ल्याएको छ ।
आजदेखि अत्याधुनिक नयाँ टर्मिनल भवन पनि सञ्चालनमा आएको हो ।हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको राँझा चोकसम्म यात्रुलाई ओसारपसार गर्न आज बिहानदेखि सटल बस सेवा सुरु गरिएको छ । उक्त बसले विमानस्थलमा आउने तथा त्यहाँबाट प्रस्थान गर्ने यात्रुलाई लक्षित गरी नियमित रूपमा सेवा दिने जनाएको छ । सटल बस सेवा भनेको छोटो दूरीमा निश्चित स्थान बीच बारम्बार आवतजावत गर्ने बस सेवा हो ।
यसैबीच आजदेखि अत्याधुनिक नयाँ टर्मिनल भवन पनि सञ्चालनमा आएको छ । आजबाट काठमाडौंबाट आउने यात्रुलाई नयाँ टर्मिनल भवनबाट बाहिर ल्याइएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP