Trend
शनिबार , बैसाख १९, २०८३

बर्दियाको अतिक्रमित वन क्षेत्र खाली गर्ने सुचना प्रति बर्दियाका ठुला तिन दलको आपती , विधि र पद्धति अनुसार अघि बढ्न आग्रह

ज्ञानेन्द्र पोख्रेल

बर्दिया- अतिक्रमित वन क्षेत्र खाली गर्ने सम्बन्धी लुम्बीनी प्रदेश बन तथा वातावरण मन्त्रालय अन्तर्गत वन डिभिजन कार्यालय वर्दियाको २०८३/ o१ /१४ गते अतिक्रमित बन क्षेत्र खाली गर्ने सम्बन्धी १५ दिने सुचना र नेपाल सरकार रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाको मिति २०८३/ ०१/ १२ गते को पत्र अनुसार स्थानिय तहमा रहेका सुकुम्वासी बस्ती हरुको अध्यावधिक विवरण माग गरेको सम्बन्धमा उक्त पत्र प्रचलित कानुन अनुसार आवाश्यक बिधि र प्रक्रिया को पालना नगरी आएकोले भन्दै बर्दियाका तिन दल ले आपती जनाउदै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका हुन् । बर्दियाका तिन दलको यहि वैषाख १९ गते बसेको बैठकले प्रेस विज्ञप्ति जारी गरेको जानकारी नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सालीक राम अधिकारी दिएका हुन् भने विज्ञप्ती मा भनिएको छ बर्दिया जिल्ला भित्र रहेका सबै पालिका हरुमा भुमिहिन समस्या समाधान का लागि बिभिन्न चरणमा प्रक्रियागत रूपमा कार्यहरू अघि बढिरहेको सन्दर्भमा सो कार्यलाई यथाशिघ्र निष्कर्षमा पुऱ्याई लामो समयदेखि उक्त क्षेत्रमा बसोवास गर्दै आएका नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थापन गर्ने आवाश्यक छ तत् पश्चात् मात्र बाकी रहेको जग्गा नेपाल सरकारले आफ्नो स्वामित्व मा लिन उपयुक्त हुने हामी राजनीतिक दलक हरुको सामुहिक धारणा रहेको छ अत: संबिधान प्रदत मौलिक हकको सम्मान गर्दै सम्वन्धीत निकायहरु बीच समन्वय बिधि सम्मत प्रक्रिया र मानविय दृष्टिकोण अपनाई समस्या समाधान तर्फ अघि बढ्न सबै पक्ष एवम् निकाय संग अनुरोध गर्दैछौ प्रेस विज्ञप्ति मा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP