Trend
शनिबार , भाद्र २७, २०८३
प्रदर्शनका क्रममा सहभागीहरूले “पहिले व्यवस्थापन, अनि मात्रै हटाउने”, “आवास नागरिकको मौलिक अधिकार हो”

अफजल खान
बर्दिया /बर्दियामा डिभिजन वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गर्न जारी गरेको सूचनाविरुद्ध भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन्।

संयुक्त भूमि अधिकार संघर्ष समिति बर्दियाको आह्वानमा सोमबार जिल्लाका आठवटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनकारीहरूले वैशाख १४ गते वन कार्यालयले जारी गरेको १५ दिने अतिक्रमण खाली गर्ने सूचना तत्काल फिर्ता लिन माग गरेका छन्। सूचनाको म्याद सोमबार सकिन लाग्दा सुकुम्बासी समुदाय थप आन्दोलित बनेका हुन्।

गुलरियासहित विभिन्न स्थानमा आयोजित प्रदर्शनमा मुक्तकमैया भूमि अधिकार संघर्ष समिति, भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, अखिल नेपाल सुकुम्बासी संगठन तथा राष्ट्रिय भूमि अधिकार मञ्चको समेत सहभागिता रहेको थियो।

चर्को गर्मीका बाबजुद ठूलो संख्यामा भूमिहीन, मुक्तकमैया र अव्यवस्थित बसोबासी सडकमा उत्रिएका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले “पहिले व्यवस्थापन, अनि मात्रै हटाउने”, “आवास नागरिकको मौलिक अधिकार हो” लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आएका स्थानबाट वैकल्पिक व्यवस्था बिना हटाउने प्रयास अन्यायपूर्ण भएको बताएका छन्।
संघर्षरत पक्षले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबास गरिएकै स्थानमा व्यवस्थित गर्दै लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP