Trend
शनिबार , भाद्र २७, २०८३

 

स्वास्थ्य क्षेत्रमा जनचेतनामूलक समाचार तथा जनसरोकारका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आउनुभएको योगदानको कदर गर्दै चौहानलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

अफजल खान्✍️

बर्दिया / नेपाल पत्रकार महासंघ बाँकेले प्रदान गर्दै आएको “माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार” बाट रामप्रसाद चौहान सम्मानित भएका छन् ।
स्वास्थ्य क्षेत्रमा जनचेतनामूलक तथा अनुसन्धानमूलक समाचार लेखनमार्फत उत्कृष्ट योगदान पुर्‍याउँदै आएको मूल्यांकन गर्दै चौहानलाई उक्त पुरस्कार प्रदान गरिएको हो । स्वास्थ्य पत्रकारितामार्फत जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठान गर्दै आएको भन्दै उहाँको कार्यको प्रशंसा गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा प्रभावकारी कलम चलाउने सञ्चारकर्मीलाई “माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार” प्रदान गर्दै आएको छ । यस वर्षको पुरस्कारबाट सम्मानित भएका चौहानलाई पत्रकारिता क्षेत्रमा निरन्तर सफलताको शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP