Trend
शनिबार , भाद्र २७, २०८३

ज्ञानेन्द्र  पोख्रेल

बर्दिया, जेठ १२ गते ।बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा रहेको नेपाल–भारत सीमा नजिकबाट भारत तर्फ लैजादै गरेको करिब १८ लाख रुपैयाँभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद गरेको छ ।

सोमबार राति लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र ईलाका प्रहरी कार्यालय मैनापोखर को संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा सामान लैजाँदै गरेको गतिविधि देखेपछि निगरानी बढाएको थियो ।

उक्त क्षेत्रमा प्रहरी पुग्नासाथ तस्करहरु ले प्रहरी टोलीलाई देखे पछि तस्करीमा संलग्न व्यक्तिहरू सामान र साइकल छोडेर अँध्यारोको मौका छोपी फरार भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट ४० बोरा तरबुजाको बीउ र उक्त तरबुजाको विऊ बोक्न प्रयोग गरिएका साईकिल समेत बरामद गरेको छ । बरामद बीउको तौल करिब १६ क्विन्टल रहेको र यसको अनुमानित बजार मूल्य १८ लाख रुपैयाँ रहेको जनाइएको छ । साथै, घटनास्थलबाट ९ वटा साइकल पनि नियन्त्रणमा लिइएको छ, जसको अनुमानित मूल्य १३ हजार ५ सय रुपैयाँ रहेको छ ।
बरामद गरिएका सामानको कुल मूल्य १८ लाख १३ हजार ५ सय रुपैयाँ भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको तथा बरामद सामान आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाईएको प्रहरी ले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP