Trend
बिहिबार , असार ११, २०८३
ज्ञानेन्द्र  पोख्रेल

बर्दिया / बढैयाताल गाऊपालिका ले आज देखी १० दिने अचार तथा दालमोठ बनाउने सिपमुलक तालिम को उद्घाटन गरेको छ।

।बढैयाताल गाऊ पालिका को आ.व २०८२/२०८३ को २ लाख ५० हजार बजेट बाट बढैयाताल गाऊपालिका भित्र रहेका एकल महिला , द्धन्द्ध पीडित महिला, यौनिक अल्पसंख्यक तथा अन्य महिला गरि समावेशीताको आधारमा ३० जना महिलाहरु लाई १० दिने अचार तथा दालमोठ बनाउने तालिम दिन लागिएको महिला तथा बालबालिका शाखा प्रमुख सुजिता चौधरी ले जानकारी दिईन् ।

बढैयाताल गाउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको सभापतित्व मा भएको तालिम उद्‌घाटन कार्यक्रममा गाऊपालिका का प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारू, वडा नं ६ का अध्यक्ष शुक्रराज सापकोटा, महिला तथा बालबालिका शाखा प्रमुख सुजता चौधरी,तालिमका प्रशिक्षक रूपा कुमारी शर्मा , जनप्रतिनिधि , सन्चारकर्मी र तालिममा सहभागी भएका प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो।

तालिम कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले भन्नु भयो सिप सिकेर महिलाहरु आत्मनिर्भर हुन सकुन भन्ने उद्देश्यले यस प्रकारको सिप मुलक तालीमको शुरुवात गरिएकोले सबैलाई मन लगाएर तालिम लिन आग्रह गर्नु भयो भने सिप जानेको मान्छे भोकै बस्नु पर्ने अबस्था नहुने भएकाले सिकेको सिप लाई उत्पादन मुलक कार्यमा जोडनु पर्ने कुरामा जोड दिनु भयो भने कार्यक्रम मा सहभागी अतिथिहरुले कार्यक्रम पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए भने सिप मुलक तालिम यहि अषाढ १ गते देखी संन्चालन भई १० गते सम्म रहनेछ साथै तालिम बढैयाताल गाउपालिका वडा नं ६ को सभाहलमा संन्चालन हुनेछ भने तालिम मा प्रशिक्षक रूपा कुमारी शर्मा बजगाई ले तालिम दिनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP