गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित
बर्दिया,असार ३
गुलरिया नगरपालिकाले कारितास नेपालका तीन जनालाई सम्मानित गरेको छ । गुलरिया नगरपालिका वडा नंम्बर ८ का बाढी पीडितलाई आवास हस्तान्तरण तथा समापन कार्यक्रमा गुलरिया नगरपालिकाले कारितास नेपालका तीन जनालाई मंगलबार सम्मानित गरेको हो । कारितास नेपाल फिल्ड कार्यालय बर्दियाकी सामाजिक परिचालक पुजा यादव, कार्यक्रम संयोजक नरेन्द्र केसी र कारितास नेपालका लुम्बिनी प्रदेश प्रमुख जनक प्रसाद शर्मालाई गुलरिया नगरपालिकाले सम्मानित गरेको छ ।
गुलरिया नगरपालिका र कारितास नेपालको साझेदारीमा संचालित बाढी प्रभावित तथा विपन्न नागरिकहरुका लागि संचालन भएको ‘बर्दिया आवास पुनर्निमार्ण कार्यक्रम’लाई सफलता पुर्वक सम्पन्न गर्ने कार्यमा अहोरात्र खटेर पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै गुलरिया नगरपालिकाले उनीहरुलाई प्रशंसा पत्रले सम्मानित गरेको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले तीनै जनालाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।






