Trend
बिहिबार , असार ११, २०८३

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न

ज्ञानेन्द्र पोख्रेल , बढैयाताल अषाढ ४ गते

बर्दिया/ अपाङ्गता शसक्तीकरण तथा संन्चार केन्द्र (डेक नेपाल) को आयोजना तथा बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्रको समन्वयमा अपाङ्गता समावेशी कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले ५ दिने व्यवसायीक कृषि तालिम बढैयाताल गाउँपालिकामा मा यहि अषाढ ४ गते सम्पन्न भएको छ ।
यहि जेष्ठ ३१ गते देखि बाँसगढी नगरपालिका र बढैयाताल गाऊपालि गरी २७ जना अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि सम्वन्धी तालिम प्रदान गरिएको जानकारी डेक नेपाल का कार्यक्रम संयोजक सत्य नारायण चौधरी ले दिएका थिए भने अपाङ्गता भएका ब्यक्तिहरु ले पनि व्यवसायीक रुपमा कृषि कार्य गरी आत्मनिर्भर हुन सकुन भन्ने उद्देश्यले डेक नेपाल संग सहकार्य गरि ५ दिने व्यवसायिक कृषि तालिम को आयोजना गरिएको जानकारी बर्दिया अपाङ्ग पुर्नस्थापन केन्द्र का अध्यक्ष नेत्र प्रसाद सापकोटा ले दिएका थिए भने तालिम कार्यक्रम मा कृषि सम्बन्धी तालिम मा धान खेती गहुँ खेती व्यवसायीक तरकारी खेती र खेती गर्ने तरिका रोग किरा लागेमा गर्ने सकिने घरेलु उपाय लगायतका विषयमा विस्तृत जानकारी का साथै उन्नत जातका विऊ विजन छनौट कसरी गर्ने ,रोग लागेमा गर्ने सकिने उपाय , का साथै कृषि खेतीको लागि घरमै बनाउन सकिने जैविक तथा कम्पोष्ट मल बनाउने तरिका र बिधि लगायतका विषयमा प्रशिक्षक अनिल सुनार र प्रशिक्षक जनक आर्चाय ले सहभागीहरु लाई सलाईड मार्फत विस्तृत जानकारी गराएका थिए । भने कार्यक्रम समापन कार्यक्रममा सहभागी मध्ये बाट दृष्ट्रिबिहिन अपाङ्गता भएका उमाकान्त भट्टराई , शारीरीक अपाङ्गता भएका लोहारी थारू र सम्झना थारू लगायत ले तालिम मा सिकेका कुराहरुलाई व्यवहार मा उतार्ने प्रतिवद्धता व्यक्त गरेका थिए भने आफुहरुले पाँच दिन सम्म धेरै कुराहरु सिकेको र सिकेका र जानेका कुराहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु का साथै काम गरी आय आर्जन तर्फ उन्मुख हुने प्रतिवद्धत गरेका थिए साथै कार्यक्रममा बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्र का अध्यक्ष नेत्र प्रसाद सापकोटा सचिव दल बहादुर सुनार कोषाध्यक्ष चिन्तामणि कँडेल लगायतको उपस्थिति रहेको थियो भने डेक नेपाल ले अपाङ्गता समावेशी कार्यक्रम बाँसगढी नगरपालिका र बढैयाताल गाउपालिका मा सन २०२६ फेब्रुअरी देखि सन्चालन गरि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP