Trend
शनिबार , भाद्र २७, २०८३

बर्दियामा १५ किलो अफिमसहित दुई महिला पक्राउ

बर्दिया,असार ७
लागु औषध अफिमसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–३ उत्तर भकारी स्थितबाट लागु औषधसहित बढैयाताल गाउँपालिका–४ खैरेनीकी ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढी नगरपालिका–३ लक्ष्मणपुरकी ४२ वर्षीया मिना रोकायालाई प्रहरीले आइतबार पक्राउ हो ।
दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा घर्ती मगरले बोकेको कालो रङको झोलाभित्र लुकाई रहेको अवस्थामा १५ किलो ३ सय ४० ग्राम लागु औषध अफिम जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ३ थान मोबाइल र नगद रु ३४ हजार ५० बरामद भएको जनाईएको छ । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP