बढैयाताल गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, आगामी आर्थिक वर्षका लागि ७७ करोड ३१ लाखभन्दा बढीको बजेट प्रस्तुत
ज्ञानेन्द्र पोख्रेल बर्दिया असार १०, बढैयाताल गाउँपालिकाको १९औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ७७ करोड ३१ लाख रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकता दिइएको छ।
आम्दानी तर्फ आ .ब २०८३/०८४ को लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १४ करोड ३९ लाख, समपूरक अनुदान १ करोड ४६ लाख, सशर्त पूँजीगत अनुदान २ करोड ७२ लाख तथा चालु सशर्त अनुदान ३१ करोड ९४ लाख र रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ। यस्तै, संघीय सरकार राजस्व बाँडफाँडबाट १२ करोड २९ लाख संघीय सरकार विशेष अनुदानबाट २६ लाख यसैगरी लुम्बीनी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ९९ लाख ४३ हजार ,प्रदेश सरकार सशर्त अनुदान चालु १५ लाख, लुम्बिनी प्रदेश सरकार सशर्त अनुदान पुँजीगत ७५ लाख प्रदेश सरकार समपुरक अनुदान ७५ लाख ,प्रदेश सरकार विशेष अनुदान २० लाख, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट १ करोड २८ लाख ४ हजार,घर जग्गा रजिस्ट्रेसन मालपोत कार्यालयबाट १ करोड ५० लाख, आन्तरिक स्रोतबाट ९ करोड ३५ लाख ५३ हजार र बैंक मौजात १ करोड गरी जम्मा ७७ करोड ३१ लाख गरि ७७ करोड ३१ लाख आम्दानी प्रक्षेपण गरिएको छ ।
यसै गरी खर्च तर्फ आ .व २०८३/०८४ को लागी गाऊपालिका को चालु खर्च तर्फ १९ करोड रहेको छ भने आर्थिक विकासमा गाउपालिका का गौरव का आयोजना को लागि ३ करोड ७८ लाख , विषेश अनुदान कार्यक्रम का लागि २ करोड ७० लाख, संघीय सरकार को समपुरक आयोजनामा ३ करोड ६५ लाख, कृषिमा ९३ लाख तथा पशु विकासका लागि ४८ लाख, शिक्षा तर्फ २९ करोड ३८ लाख , यसैगरी महिला बालबालिका तथा समाजकल्याण क्षेत्रतर्फ ३२ लाख, स्वास्थ्य तर्फ ४ करोड ५४ लाख ८० हजार , आयुर्वेद तर्फ ११ लाख, पन्जीकरण तर्फ ५ लाख, राष्ट्रिय रोजगार प्रवद्धन कार्यक्रम३८ लाख ५३ हजार बजेट विनियोजन भएको छ ।
यसैगरी भौतिक पूर्वाधार विकासतर्फ विगत आर्थिक वर्ष मा सञ्चालित वहुबर्षिय आयोजनाहरूलाई पूरा गर्न अनिवार्य तिर्नुपर्ने दायित्व भुक्तानीको लागि अनुमानित १५ करोड बजेट विनियोजन गरिएको छ। यसैगरीखानेपानी तथा फोहोर व्यवस्थापनतर्फ १५ लाख बजेट विनियोजन गरिएको छ।लघुत्तम तथा सहकारी क्षेत्रको लागि लागि सहकारीतर्फ ५ लाख र लघु उद्यममा ३१ लाख ४७ हजार बजेट रहेको छ। यसैगरी पर्यटन तथा सांस्कृतिक क्षेत्र सुशासन प्रवर्धन क्षेत्र को लागि समेत बजेट विनियोजन गरिएको छ भने न्यायिक व्यवस्थापन तथा मेलमिलाप क्षेत्रको लागि १५ लाख बजेट विनियोजन भएको छ।
पूर्वाधार विकासतर्फ सडक तथा पुल निर्माणका लागि ७० लाख, तराई मधेस सम्बृद्धि तथा सडक बोर्ड समपुरक ४५ लाख, वहुक्षेत्रिय पोषण कार्यक्रम ३० लाख , विपत व्यवस्थापन १५ लाख २० हजार, प्रदेश सर्शत कार्यक्रम ९० लाख, प्रदेश विषेश २० लाख, प्रदेश समपुरक कार्यक्रम १ करोड ५० लाख गरि कुल ७७ करोड ३१ लाख को बजेट प्रस्तुत गरिएको थियो ।
वडागत बजेटअनुसार वडा नं. १ देखी वडा नं ९ सम्म का सबै वडालाई वडाले आफु खुसी गर्ने पाउने गरी आन्तरिक कार्यालय व्यवस्थापत समेत प्रत्येक वडालाई ३० लाखको सिलिङ्ग दिईएको छ ।
यसै गरी यस पालिकाको चालु आर्थिक वर्षको२०८२/०८३ को कुल विनियोजित बजेट ९६ करोड २५ लाख ४३ हजार ९ सय ४५ रुपैया रहेकोमा चालु आर्थिक वर्षको अन्त्य सम्म कुल खर्च ४७ करोड ४ लाख८५ हजार ४ सय ७५रुपैयाँ ६२ पैसा अर्थात् कुल बजेटको समग्र खर्च ४८.८७ प्रतिशत हुन आउँछ। भने यसको चालु तर्फ ६२.२१ प्रतिशत खर्च र पुजीगत तर्फ३४.६९ प्रतिशत खर्च भएको देखिन्छ। भने वजेट प्रस्तुत कार्यक्रममा गाऊ सभका सदस्यहरु रुद्र प्रसाद पौडेल, डिलादेव गिरी, चन्द्रकला बि.क, ध्रुवी थारू, तेज नाथ पौडेल, डिल्ली गौतम , शुक्र राज सापकोटा लगायत ले आ आफ्नो धारणा राखेका थिए ।
गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट निर्माणमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने नेपाल सरकार, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार, जनप्रतिनिधि, राजनीतिक दल, विषयगत कार्यालय, सुरक्षा निकाय, गैरसरकारी संस्था, उद्योगी–व्यवसायी, नागरिक समाज तथा सम्पूर्ण गाउँपालिका कर्मचारीप्रति आभार व्यक्त गर्दै बजेट कार्यान्वयनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको छ बढैया ताल गाउँपालिकाको १९औँ गाउँसभा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी अध्यक्षतामा सम्पन्न भएको छ। गाउँसभामा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु , सबै वडाका वडाध्यक्ष, गाउँसभा सदस्य, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, गाउँ प्रहरी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।






