ज्ञानेन्द्र पोख्रेल
बर्दिया /बढैयाताल गाउँपालिका वडा नम्बर ७ को समन्वयमा शिवगंगा आँखा अस्पताल गुलरिया बर्दियाको सहयोगमा वडा नम्बर ७ का ६५ जना महिला पुरुषले निःशुल्क आँखा चेकजाँच गराएका छन्।
बढैयाताल गाउँपालिका वडा नम्बर ७ मा रहेको युवक आधारभूत विद्यालयमा यही असार १२ गते राखिएको निःशुल्क आँखा जाँच शिविरबाट २२ जना पुरुष र ४३ जना महिलाहरूले निःशुल्क रुपमा सेवा लिएको जानकारी शिव गंगा आँखा अस्पताल गुलरियाका नेत्र सुपरिवेक्षक कृष्ण मिश्रले जानकारी दिए। यस शिविर बाट आँखा चेकजाँच गरिएका ६५ जना मध्ये १७ जना महिला पुरुषहरूलाई मोतियाबिन्दुको समस्या देखिएकोले निःशुल्क अपरेसनको लागि रिफर गरिएको जानकारी उहाँले दिनु भयो ।
मोतिया बिन्दु अप्रेसनको लागि रिफर गरिएका सेवाग्राहीहरूलाई यही असार १३ गते शनिबारका दिन बर्दियाको गुलरियामा रहेको शिवगंगा आँखा अस्पतालमा निःशुल्क मोतिया बिन्दुको अपरेसन गरिने समेत उहाँले जानकारी दिनुभयो भने अप्रेशन पश्चात अप्रेशन गरिएका व्यक्तिहरूलाई निःशुल्क रुपमा औषधि र चस्मा समेत दिइने उहाँले बताउनुभयो।
भने आर्थिक अवस्थाले विपन्न भएका नागरिकहरूले निःशुल्क रुपमा आखाँ चेक जाँच र मोतियाबिन्दुको अपरेसन गर्न सुविधा पाउँदा सेवाग्राही हरू निकै खुसी देखिन्थे। साथै यस आँखा जाँच शिविरमा शिवगंगा आँखा अस्पताल गुलरिया बर्दियाका नेत्र सुपरिवेक्षक कृष्ण मिश्राको टोलीले आँखा चेकजाँच गरेको थियो। भने आखाँ शिविर संचालन को लागी वडा नं ७ मा रहेको युवक आधारभूत बिधालयका प्रधानाध्यापक राजेश्वर थापा ले विद्यालय को खाली कोठ उपलब्ध गराएका थिए ।





