Trend
शनिबार , भाद्र २७, २०८३

बर्दिया- ज्ञानेन्द्र पोख्रेल अषाढ १८ गते बढैयाताल बर्दिया भूमिहिन दलित र भूमिन सुकुम्बासीहरूलाई जग्गा धनि पुर्जा वितरण कार्यक्रम यही असार १८ गते बर्दियाबाट शुभारम्भ गरिएको छ।

वर्तमान सरकारको १ सय दिने कार्यसूची अनुसार जिल्ला भूमि समस्या समाधान समिति बर्दियाको आयोजनामा आज बढैयाताल गाउँपालिका वडा नम्बर ४ का २९ घरपरिवारहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै अभियानको सुरुवात गरिएको घोषणा गरिएको छ।

कार्यक्रम को शुभारम्भ ६० बार्षिय दृष्टिविहिन फुल कुमारी थारू लाई जग्गा धनि प्रमाण पुर्जा हस्तान्तरण गरि गरिएको हो । बर्दिया जिल्ला बढियाताल गाउँपालिका वडा नम्बर ४ को कार्यालय परिसरमा गरिएको पुर्जा वितरण कार्यक्रम जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोला प्रमुख अतिथि रहनुभएको थियो।

विशिष्ट अतिथिमा केन्द्रीय भूमि समस्या समाधान समितिका सदस्य पद्मम निधि सोती रहनु भएको थियो ।यसैगरी अतिथिहरूमा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी ,उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारी, कार्यकारी प्रमुख अर्जुन थारु ,जिल्ला भूमि समस्या समाधान समितिका सदस्यहरू, गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरु ,विभिन्न कार्यालयका प्रमुखहरू, नागरिक समाजका सदस्यहरू, आम सर्वसाधारण, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वर्षौंदेखि बसोबास गरिरहेका भूमिहीनहरुलाई आज देखि लालपुर्जा वितरण कार्य गरी सुरुवात गरिएको छ भने वडा नम्बर ४ का भूमिहिन दलित र जना र भूमिहिन सुकुम्बासी २७ गरि जम्मा २९ परिवार हरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै प्रमुख अतिथिले भूमि समस्या समाधान समितिको राष्ट्रिय स्तरमा कार्य प्रारम्भ भएको घोषणा गर्नुभयो। भने उहाँले कार्यक्रममा आफ्नो भनाइ राख्दै भन्नुभयो वर्तमान सरकारको १ सय दिने कार्यसूची अनुसार यो कार्यको शुभारम्भ गरिएको र ५ सय दिनभित्र भूमि समस्या सम्बन्धी सम्पूर्ण कार्य सक्नुपर्ने कार्यदिशा रहेको जानकारी गराउनुभयो। साथै उहाँले भूमि नहुँदैमा भूमिहीन नहुने र यस्ता परिवारको आम्दानी स्रोत, रोजगारीको अवस्था ,अचल सम्पत्ति र सेयर बैंक ब्यालेन्स सबै कुराको अध्ययन र छानबिन गरी वास्तविक भूमिहीन पहिचान हुने भएकोले जग्गा जमिन नहुँदैमा भूमिहिन हुन नसक्ने भएकोले सोहीअनुसार छानबिन गरी वास्तविक भूमिहीन पत्ता लगाउन भूमि समस्या समाधान समिति सक्रिय रुपमा लागि परेको र सोही अनुसार तल्लो तहदेखि लाग्न सबैलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो कसैले ढाँटेर छलेर जग्गा प्राप्त गर्छु भन्ने मनसाय राखेको भए सो मनसाय त्याग्न आग्रह गर्नुभयो। यसै गरी बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले भूमिहीनहरुलाई जग्गा धनि पुर्जा वितरणक कार्य को शुभारम्भ बढैयाताल गाउँपालिका बाट सुरु हुनु हाम्रो लागि खुसीको कुरा भएकोले यस कार्यमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिनुभयो। यसैगरी कार्यक्रमका सभापतिका तथा भूमि समस्या समाधान समितिका जिल्ला अध्यक्ष गोगन बहादुर हमालले भूमि समस्या समाधान समितिको तल्लो निकाय वडा भुमि सहजीकरणकार्यालय जति सक्दो छिटो भूमि समस्या समाधान सम्बन्धी तथ्याङ्क सङ्कलन भई यथार्थ विवरण उपलब्ध गराउने कार्यमा सक्रिय रूपमा लाग्न वडा भुमि समस्या सहजीकरण समिति लाई आग्रह गर्नु भयो उहाँले भन्नु भयो जति छिटो तपाईं हामीले तोकेका काम गर्न सक्यौँ। त्यति छिटै पुर्जा वितरण हुने समेत जानकारी दिनुभयो। साथै वर्तमान सरकारकोभूमि समस्या समाधानको लागि ५ सय दिनको समय सीमा रहेकोले सबै मातहतका निकायहरुलाई सक्रिय रूपमा काम गर्न आग्रह गर्नुभयो। साथै कोही कसैले ढाँटेर छलेर वा कसैले गलत सिफारिस गरेको आधारमा कसैले जग्गा प्राप्त गरेमा पछि छानबिन हुँदा बदर हुन सक्ने भएकोले त्यस्ता कुरामा सबैलाई सचेत रहन आग्रह गर्नुभयो। आज सम्पन्न जग्गा धनि प्रमाण पुर्जा वितरण कार्यक्रम मा स्वागत मन्तव्य बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले राख्नुभएको थियो। भने आज भएको पुर्जा वितरण कार्यक्रमको समायोजन बढैयाताल गाउँपालिकावडा नम्बर ४ ले गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP