Trend
मंगलबार , असार ३०, २०८३

 

ज्ञानेन्द्र पोख्रेल ,२२ अषाढ बर्दिया, बढैयाताल
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत लामो समय देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बढैयाताल गाऊपालिका वडा नं ५ फुलवारी मा रहेको जन जागृति प्राथमिक विद्यालयका ५० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयमा पुगी अतिरिक्त पोशाक प्रदान गरेको छ ।

निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई केही सहयोग पुर्याउने उद्देश्यका साथ यस विद्यालय का विद्यार्थी हरु लाई अतिरिक्त पोषाक अन्तरगत प्रति विद्यार्थी १ सेट ट्यागसुट र १ थान टिसर्ट प्रदान गरिएको जानकारी साईन रेसुङ्गा डेभलपमेन्ट बैंक मैनापोखर बर्दिया शाखाका प्रमुख सूर्य बहादुर भण्डारी ले दिनुभयो ।
असार २२ गते बढैयाताल गाऊपालिका वडा नम्बर ५ मा रहेको जनजागृति प्राथमिक विद्यालयमा आयोजित एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तुलाराम थारु ,कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका सदस्य तुलसा घर्ती र बैंकका शाखा प्रमुख सूर्यबहादुर भण्डारी लगायतका अतिथिहरूले संयुक्त रूपमा विद्यालयमा अध्ययनरत ५० जना बालबालिकाहरूलाई अतिरिक्त पोशाक प्रदान गरेका हुन्।
भने कार्यक्रम जनजागृति प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य तथा जनप्रतिनिधि तुलसा घर्तीको सभापतित्वमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि बढैयाताल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तुलाराम थारु, विशिष्ट अतिथि साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शाखा प्रमुख सूर्यबहादुर भण्डारी, विद्यालयका प्रधानाध्यापक तिलक बहादुर बुढा, विद्यालय व्यवस्थापन समितिका सदस्य आइतराम बिक, रमेश पासी, समाजसेवी जयराम थारु, राकेश चौधरी ,विद्यालयका शिक्षक शिक्षिकाहरू ,अभिभावकहरू, साइन रेसुङ्गा डबलमेन्ट बैंकका कर्मचारीहरू,विद्यार्थी छात्र छात्राहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानध्यापक तिलक बहादुर बुढाले राखेका थिए। भने कार्यक्रमको औचित्यमाथि बैंकका शाखा प्रमुख सूर्यबहादुर भण्डारीले प्रष्ट पारेका थिए। साथै कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथि तुलाराम थारुले निजी संस्थाहरुले पनि यसरी विद्यालयहरूलाई सहयोग गर्नु एउटा सराहनीय कार्य भएको र आगामी दिनहरूमा पनि निरन्तर सहयोगको अपेक्षा राखेको कुरा बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा


TOP