Trend
आइतबार , भाद्र ७, २०८३
दुर्घटनाको आवरणमा लुकाइएको हत्या, प्रहरी अनुसन्धानले खोल्यो रहस्य
अफजल खान
बर्दिया,साउन २०
हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा ठाकुरबाबा नगरपालिका वडा नंम्बर ७ कालीगौडीका २० वर्षिय गोविन्द जैसीलाई प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा गोविन्द जैसीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो । ठाकुरबाबा नगरपालिका वडा नंम्बर ९ बेतहनीका २७ वर्षिय आसाराम थारुको गत आइतबार शव फेला परेको थियो । कुशलपटुवा स्थित सिंचाई नालामा घोप्टो अवस्थामा थारुको शव फेला परेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार बिहान २ बजेको समयमा हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नंम्बरको मोटरसाइकल दुर्घटना भई गोविन्द जैसी घाईते भएको प्रहरीलाई जानकारी भयो । प्रहरीले अनुसन्धान र खोजतलास गर्दा मोटरसाइकल चालक सम्पर्क बिहीन थिए । यस्तै मोटरसाइकलमा सवार जैसी दुर्घटनामा परी घाईते भएको खुल्यो । तर,जैसीको शंकास्पद बयानले घटनाले अर्को मोड लियो । प्रहरीले अनुसन्धान बढाउदा घटनाको अनौठो तथ्य सार्वजनिक भयो । दुर्घटनाबाट थारुको मृत्यु नभई जैसीले हत्या गरेको तथ्य सार्वजनिक भयो ।
साउन १५ गते दुर्घटनास्थलमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला पर्यो । त्यो मोटरसाइकलको धनी घाईते गोविन्द जैसीको नाममा रहेको खुल्यो । साउन १४ गते बेलुकी मृतक थारु काम गर्ने ग्यारेजमा अबेरसम्म बेयर खाएको र मृतकको घरमा आएर खाना खाएर अर्को एक जना साथीलाई मडेला पुर्‍याएर फर्किने क्रममा जैसीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा थारु घाईते भएको प्रहरीको अनुसन्धानबाट रहस्य बाहिरिएको छ ।
घाईते थारुको उपचार गराउनुपर्छ धेरै खर्च हुन्छ,घटनाको वास्तविकता लुकाई दुर्घटनाकै कारणले मृत्यु भएको देखाउने मनसायले जैसीले हत्या गर्ने सोच बनाएका थिए । थारु घाईते भएपछि जैसीले घटनास्थल नजिक निर्माणधिन घरको सटरिङको काठले छातीमा प्रहार गरेको खुलेको छ । यस्तै मोटरसाइकलको चाबीले मुखमा प्रहार गरेको र मृतकले लगाएको मालाले घाँटी कसी हत्या गरी नालामा फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उक्त घटनामा संलग्न भएको सटरिङको काठ, मोटरसाइकलको चाबी, घाँटीमा रहेको माला र मृतक थारुको चप्पललगायतको साबुत प्रमाण बरामद भएको प्रहरीले जनाएको छ । गोविन्द जैसीलाई नियन्त्रणमा कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP