Trend
शनिबार , भाद्र २७, २०८३

ज्ञानेन्द्र पोख्रेल, ३२ असार २०८३ बर्दिया बढैयाताल,
बढैयाताल गाऊँपालिकाले चौमासिक तथा चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रम यहि अषाढ ३२ गते सम्पन्न गरेको छ । बढैयाताल गाऊँपालिका वडा नं ६ को सभाहलमा बिहिवार आयोजित सार्वजनिक सुनवाइ कार्यक्रममा बढैयाताल गाऊपालिकाले प्रदान गर्दै आएका सेवा सुविधा ,बजेट खर्च लगायतका विषयमा सार्वजनिक सुनुवाइ गरिएको थियो ।

आज भएको सार्वजनिक सुनुवाइका क्रममा बढैयाताल गाऊपालिकाका प्रमुख हिमालय त्रिपाठीले काम गर्ने क्रममा कहीँ कतै कुनै कमजोरी भएको भए रचनात्मक सल्लाह र सुझाव दिन आग्रह गर्दै त्यसलाई सुधार गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताए । जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा आम बढैयाताल पालिकाबासीको सहकार्यमा नै बढैयाताल गाऊ पालिकाक ले सुशासन, विकास र समृद्धि हासिल गर्न सकिने पनि उनको भनाइ थियो । ‘स्थानीय सरकार मेरो एउटा असल अभिभावक हो भन्ने कुरा हरेक नागरिकले अनुभूत गर्न पाउनु पर्ने भन्ने मुल्य र मान्यताका साथ गाऊपालिकाको नेतृत्व अगाडि बढिरहेको समेत उनले बताए ।
कार्यक्रममा बढैयाताल गाऊपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू ले गाऊपालिकाले हालसम्म प्राप्त गरेको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले केही नीतिगत कठिनाइहरूका बाबजुद बढैयाताल गाऊपालिकाले उल्लेख्य उपलब्धि हासिल गर्न सकेको बताए । विगतका वर्षहरूको तुलनामा चालू आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार विकास लगायत विषयमा घाटा बजेट का कारण पूँजीगत खर्च कम देखिए पनि सन्तोष जनक प्रगति गरेको उनको भनाइ थियो ।
कार्यक्रममा उपस्थित वडघर सञ्जाल, नागरिक समाज, ज्येष्ठ नागरिक, सहकारी संघ तथा आम सर्वसाधारणका तर्फबाट गाऊपालिकाले उपलब्ध गराएका सेवा सुविधाका बारेमा सुझाव तथा जिज्ञासाहरू राखिएको थियो भने अधिकांश सहभागीहरू ले सडक निर्माण को विषयमा केही प्रश्न उठाएका थिए ।
पूर्वाधार निर्माणमा भइरहेका ढिलाइ, शिक्षा, स्वास्थ्य, कृषि , महिला , बालबालिका, जेष्ठ नागरिक लगायतले पाउनु पर्ने आधारभूत कुरामा नागरिकको पहुँच, बिमा, लैङ्कि समस्या, भूमि समस्या, बजार अनुगमन, विपद् व्यवस्थापन , बढैयाताल को संरक्षण लगायतका बारेमा वडा नं ३ का महेश सिंह धामी ., वडा नं ८ का जानकी कुमारी मुडभरी र पुस्कर सापकोटा वडा नं ५ का बडघर तथा पत्रकार जागेश्वर सिंह थारू लगायत ले विभिन्न जिज्ञासा राखेका थिए । सम्पूर्ण पालिकाबासीको प्रमुख चासोको विषय रहेको सार्वजनिक सुनुवाइमा भएको न्युन उपस्थिति लाई लिएर उनीहरूले प्रश्न उठाएका थिए ।
नागरिकका तर्फबाट उठेका प्रश्नहरूको वडा गत रुपमा वडा अध्यक्षहरू , समग्र पालिका गत रूपमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू , उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी र गाऊँपालिका अध्यक्ष हिमालय त्रिपाठी ले उठेका सवालहरुको जवाफ दिएका थिए । साथै यसै कार्यक्रम मा समग्र शान्ती सुरक्षा , लैङ्गिक हिसां , मानव वेचविखन, लागु औषध नियन्त्रण लगायतको विषयमा उठेका कुराहरुको जवाफ र आफुले गरेको प्रयास र उपलब्धी बारे ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया का प्रहरी निरीक्षक अच्युत गिरी ले जानकारी दिएका थिए ।
विकाशका लागि हाम्रो प्रयास नेपाल को सहजीकरण मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा को उद्देश्य बारे विकासको लागि हाम्रो प्रयास नेपाल का अध्यक्ष मेनका चौधरीले जानकारी गराएकी थिइन्। भने आज भएको सार्वजनिक सुनवाई कार्यक्रम मा बढैयाताल गाऊपालिका का प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारू ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रम को सञ्चालन पत्रकार मिन अधिकारीले गरेका थिए। समग्रमा बहिर्गमन अभिमत फारम र नागरिक प्रतिवेदनपत्र को नतिजा पत्रकार केशब कोइराला ले प्रस्तुत गरेका थिए । साथै आज सम्पन्न भएको सार्वजानिक सुनवाई कार्यक्रम मा नागरिकको तर्फ बाट उठेका स्वास्थ्य ,शिक्षा, पूर्वाधार निर्माण कृषि लगायतका सवालमा सम्बोधन गर्ने प्रतिवद्धता पत्रमा गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी र प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारुले लगायत ले हस्ताक्षर समेत गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP