Trend
आइतबार , साउन १०, २०८३

देउराली कृषक सहकारी ले गर्यो ५४ जनाको बचत रकम फिर्ता

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / साउन ६/ बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ सिमरामा रहेको देउराली कृषक सहकारी संस्था लिमिटेडले आफ्ना ५४ जना बचतकर्ताको बचत रकम आज एक कार्यक्रम गरी फिर्ता गरेको छ।

यस सहकारी संस्था संस्थाको स्थापना काल देखि मासिक केही निश्चित रकम बचतको रूपमा सदस्यहरू ले जम्मा गरेका थिए भने हालसम्म जम्मा गरेका सेयर सदस्यहरूको बचत रकम प्रति सदस्य १७ हजार ६ सय ७२ भएकोमा हाल प्रति सदस्य १० हजारका दरले बचत रकम फिर्ता गरेको जानकारी देउराली कृषि सहकारी संस्थाका अध्यक्ष गंगाधर पराजुलीले दिनुभयो। भने बचत मध्ये को बाँकी रहेको रकम केही समय पश्चात फिर्ता गरिने समेत उहाँले बताउनुभयो ।
२०६६ सालमा किसानहरु को जिवन स्तर माथि उकास्ने उद्देश्यले कृषक सहकारीको रूपमा स्थापना गरिएको यस सहकारीले किसानहरु लाई मल खाद विऊ विजन तथा कृषि कार्यको लागि रिर्ण लगानी र दुग्ध संकलन लगायतका कृयाकलाप गर्दे आई रहेको छ ।
यस बचत फिर्ता कार्यक्रम सहकारी का अध्यक्ष गंगाधर पराजुली को सभापतित्व मा भएको थियो भने कार्यक्रम मा प्रमुख अतिथि बढैयाताल गाउँपालिका वडा नं ३ का अध्यक्ष लल्लन अहिर अतिथिहरु मा पूर्व वडा अध्यक्ष दुर्गा पराजुली वडा सदस्य रुद्र प्रसाद पौडेल र कृष्णलाल उपाध्याय सहकारी सञ्चालक समितिका सदस्यहरू शेयर सदस्यहरू सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।
यस कार्यक्रममा आफ्नो भनाइ राख्दै वडा सदस्य रुद्रप्रसाद पौडेलले भन्नु भयो धेरै सहकारीहरूले बचतकर्ताको रकम फिर्ता गर्न नसकिरहेको अवस्थामा यस सहकारीले आफ्ना सदस्यहरूको बचत रकम समयमा फिर्ता गर्नु सराहनीय कार्य भएको कुरा व्यक्त गर्नुभयो। साथै आफूले एउटै उद्देश्यका सहकारीहरूलाई एकीकरण गरी ठूलो सहकारी बनाउने तर्फ पहलकदमी गरेको तर पालिकाले यस विषयमा कुनै चासो नदिएको दुखेसो व्यक्त गर्नुभयो। साथै यस कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष लल्लन अहिर ले यस सहकारीले आफ्ना बचतकर्ताहरूको रकम फिर्ता गर्ने जुन कार्य गरेको छ एकदम मै सरानीय कार्य रहेको र सहकारीहरू सदस्यहरूको मर्म र हित अनुसार चल्नुपर्ने कुरामा जोड दिनुभयो। साथै स्थानीय सरकारले वडा भित्र रहेका एउटै प्रकृतिका सहकारीहरूलाई एकीकरण गर्ने विषयमा छलफल गरिने समेत जानकारी गराउनु भयो साथै पूर्व वडा अध्यक्ष दुर्गा पराजुली र शेयर सदस्य मध्येका रिषि राम पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए । भने आज भएको कार्यक्रम मा ५४ जना सदस्यहरूको करिब ५ लाख ४० हजार रुपैयाँ सहकारी ले फिर्ता गरेको हो । साथै यस कार्यक्रम मा व्यवस्थापक दुर्गा प्रसाद पौडेल ले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP