Trend
शनिबार , भाद्र २७, २०८३

सार्वजनिक बिदाको दिन बर्दिया प्रशासनले राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा प्रवाह गर्ने

बर्दिया,साउन ८
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिनमा राष्ट्रिय परिचयपत्र सेवा संचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले भोली शनिबार देखि सार्वजनिक बिदाको दिनमा समेत राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा दिने भएको हो ।
पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा लिन आउने सेवाग्राहीहरुको संख्या दिनहुँ बढ्दै गएको छ । जिल्ला प्रशासनमा दिनहुँ १ सय ५० बढी सेवाग्राहीले राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा लिन आउने गरेका छन् ।
सेवाग्राहीको सुविधालाई मध्यनजर गरी सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउन साउन ९ गतेदेखि शनिबार र आइतबार राष्ट्रिय परिचयपत्र सेवा संचालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोक प्रसाद ढकालले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अर्को सुचना प्रकाशित नभएसम्म शनिबार र आइतबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा प्रवाह गर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP