Trend
सोमबार , साउन ११, २०८३

खोलामा माछा मार्ने क्रममा डुबेर युवक को मृत्यु

ज्ञानेन्द्र पोख्रेल

बर्दिया /बढैयाताल गाऊपालिका वडा नं २ सितापुरमा मानखोलामा डुबेर एक जना युवक को मृत्यु भएको छ । यहि श्रावण ११ गते अन्दाजी१२.३० बजेको समयमा साथी भाई संगै बल्छी थापेर माछा मार्न गएका बढैयाताल गाऊपालिका वडा नं २ सितापुर बस्ने वर्ष ३६ को गोपाल सुनार को मानखोलामा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मैनापोखर ले जनाएको छ । मृतक का आफन्त अनुसार निज मृतक खोला मा साथीभाई संगै गएका र साथीभाई भन्दा केही पर खोलाको डिकमा बसेर बल्छी थापेर माछा मार्न लगेको बेला खोलाको पानीमा एक्कासी खसे पछि संगै गएका साथीहरुले आफुलाई खबर गरेको र उक्त ठाउँमा प्रहरी समेत पुगी उद्दार गर्दा निज युवक को मृत्यु भैसकेको आफन्तले जानकारी दिएका हुन् । भने हाल निज मृतक को शब आवाश्यक प्रकृया पुऱ्याई पोष्टमार्टम को लागि जिल्ला अस्पताल गुलरिया बर्दिया मा पठाईएको जानकारी ईलाका प्रहरी कार्यालय मैनापोखर ले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP