Trend
मंगलबार , साउन १२, २०८३

दुई भारतीय नागरिक सहित ७ लाख भन्दा बढी मुल्यको लसुन पक्राउ

ज्ञानेन्द्र पोख्रेल /बर्दिया /लुम्बीनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विषेश प्रहरी टोलीले बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर २ को नेपाल भारत सिमा क्षेत्र को फुटाहाबाट करिब ७ लाख मूल्य बराबरको अबैध चाइनिज लसुन सहित तस्करीमा संलग्न दुईजना भारतीय नागरिकलाई यही श्रावण १२ गते पक्राउ गरेको छ। साईकिलमा लोड गरी सिमा पारी लैजान तैयारी अवस्थामा रहेको ३१ बोरा (९३० केजी) चिनियाँ लसुन र ३ थान साइकलसहित दुई जना नियन्त्रणमा भारतीय नागरिक लाई नियन्त्रणमा लिएको प्रहरी ले जनाएको छ ।
प्रहरीले प्रारम्भिक रूपमा १० बोरा (३०० केजी) लसुन र ३ थान साइकलसहित दुई जनालाई नियन्त्रणमा लिएपछि शंका लागी सोही ठाँउको नजिकै रहेको खाली घर/गोठमा खानतलासी गर्दा थप २१ बोरा (६३० केजी) चिनियाँ लसुन भण्डारण गरिएको गोदाम फेला पारी बरामद गरेको हो।

प्रहरी नियन्त्रणमा पर्नेहरू भारत, बहराइच जिल्ला सोहनी ग्राम पञ्चायतका ३८ वर्षीय कमान चौधरी र १४ वर्षीय रुपेश चौधरी रहेका छन् ।
बरामद गरिएको ३१ बोरा (९३० केजी) चिनियाँ लसुन र ३ थान साइकलको कुल अनुमानित मूल्य रु. ७ लाख ३ हजार रहेको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरू तथा बरामद सामानलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाईएको जानकारी प्रहरी ले दिएको छ । सोही ठाँउ बाट केही दिन अगाडी मात्र करिव ६ लाख मुल्य बराबरको अवैध खरभुजाको विऊ समेत बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP