Trend
आइतबार , भाद्र ७, २०८३

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

ज्ञानेन्द्र पोख्रेल- बर्दियाको बढैयाताल गाउँपालिकाले लामो समयपछि सामुदायिक विद्यालय हरुमा शैक्षिक सुधार गर्न उद्देश्यले पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक मिलान, शिक्षक काज सरुवा र शिक्षक दरबन्दी मिलान लगायतका भएका निर्णय कार्यान्वयनमा ल्याएको छ। यही श्रावण १८ गते गाँऊ शिक्षा समिति बढैयाताल ले बढैयाताल गाऊपालिका भित्र रहेका सामुदायिक विद्यालय हरुमा प्र.अ मिलान , शिक्षक दरवन्दी मिलान र शिक्षक काज सरुवा गर्ने निर्णय गरे संग कार्यान्वयन गर्ने कार्य समेत सुरु भएको छ । यस विषयमा बढयाताल गाउँपालिकाका क्रियाशील राजनीतिक दलहरूले गाउँ शिक्षा समितिले नियम र विधि सँगत प्र.अ मिलान र शिक्षक दरबन्दी मिलानका क्रियाकलाप नगरेको र गरेका निर्णय सच्याउनु पर्ने भन्दै बढैयातालताल गाउँपालिका अध्यक्ष तथा गाऊँ शिक्षा समितिका संयोजक लाई यहि श्रावण २० गते प्रेस विज्ञप्ति बुझाएका थिए । भने विषयमा गाउँ शिक्षा समितिका संयोजक तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले फेसबुकमा एक स्टाटस लेख्दै भन्नुभयो बढैयाताल गाउँपालिका का सामुदायिक विद्यालय हरूका विद्यालय व्यवस्थापन समिति एवं प्रधानाध्यापक ज्यूहरूले दरबन्दी मिलान गर्दा सरुवा भई जाने र सरुवा भई आउने शिक्षकहरूलाई रमना नदिने हाजिर नगराउने भन्ने कुरा सुन्नमा आएकोले त्यस्ता गतिविधि गर्ने असहयोग गर्ने प्रधानाध्यापक,शिक्षकहरूलाई विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने र पालिकाका कुनै पनि कर्मचारीहरुले कार्यपालिका, शिक्षा समिति, शिक्षा कार्यदलले गरेका निर्णयहरूको बर्खिलाप गर्ने, असहयोग गर्ने त्यस्ता कर्मचारीहरूलाई पनि पालिकाले कारबाही को दायरामा ल्याउने बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी को भनाई रहेको छ भने हामी ले स्थानिय सरकारले अहिले सम्म गर्ने नसकेको काम गरेका छौं केही कुरा नमिलेका होलान् त्यस्ता केही भए पछि पनि मिलाउन सकिन्छ तर निर्णय फिर्ता हुदैन् कार्यान्वयन मा पालिका लागी सकेकाे छ विधि संगत नभएको कसैलाई लाग्छ भने सम्बन्धीत निकायक मा जान सकिन्छ गाउँ शिक्षा समितिमा शिक्षक संघ संगठनका प्रतिनिधि समेत सदस्य रहने प्रावधान रहेकोले सबै सदस्यहरूको बहुमतले गरेको निर्णयमा भाँजो हाल्ने अधिकार कसैलाई नभएको ले आफु निर्णयबाट पछि नहटने बताउनु भयो भने पहिलो दिन मै ३० देखी ३५ जना शिक्षक हरुले रमाना पत्र वुझिसकेका र अन्य शिक्षकहरू ले समेत पत्र बुझ्ने उहाँले बताउनुभयो भने निर्णय कार्यान्वयनमा आए पश्चात कही कतै त्यस्ता समस्या भए देखिए पुन समाधानमा लाग्ने कुरामा गाँऊ शिक्षा समिति प्रतिवद्ध रहेको समेत उहाँ ले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP