Trend
आइतबार , भाद्र ७, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखर मा रहेको बर्दिया सुगर मिलको कित्ता नं१५७६ क्षेत्रफल ६५४२.९० वर्ग मिटर जग्गा को केही हिस्सामा लामो समयदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरूले आफ्नो समस्या राख्ने उद्देश्यले आयोजना गरेको सर्वदलीय बैठक मा श्रावण २४ गते बढैयाताल वडा नं ६ को मैनापोखर मा सम्पन्न भएको छ ।

बढैयाताल गाऊपालिका भित्र रहेका सक्रिय राजनितिक दल प्रमुख नेताहरु र आमन्त्रित रूपमा जिल्ला तहका प्रमुख नेताहरु समेतको उपस्थिति रहेको अव्यवस्थित बसोबासी सङ्घर्ष समिति मैनापोखर को आयोजनामा भएको सर्वदलीय बैठकले एकमात्र निर्णय पारित गरेको छ। अव्यवस्थित बसोबासीहरूले बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखर मा रहेको विगतको बर्दिया सुगर मिलको खाली जग्गामा विगत २०६६ साल भन्दा अगाडी देखि बसोबास गर्दै आइरहेको र बढैयाताल गाऊ पालिका वडा नं ६ ले उक्त जग्गामा बसोवास गर्ने को हकमा निस्सा समेत दिई सकेको अवस्थामा हाल आएर बढैयाताल गाउँपालिकाले उक्त जग्गामा बसोबासी गरेकालाई हटाउने सूचना प्रकाशित गरे पश्चात आफूहरू अदालत गएको र हाल अदालतमा मुद्दा चालिरहेको हुदाँ उक्त जग्गा प्रकृया पुऱ्याई आफुहरुले पाउनु पर्ने भएको ले सर्वदलिय सहमतिको प्रयास गरिएको सर्घष समितिका संयोजक जंग बहादुर थारू ले जानकारी दिनुभयो भने सर्वदलिय वैठकले निर्णय गर्दै मा जग्गा को लालपूर्जा नवन्ने हुदाँ स्थानिय सरकारले नै यसको पहल गर्नु पर्ने उपस्थित दलका नेताहरुले धारणा राखेका थिए भने आजै सम्पन्न सर्वदलीय बैठक ले गाउँपालिका वडा नम्बर ६ मैनापोखर स्थित बर्दिया सुगर मिल अन्तर्गत नेपाल सरकारको नाउँमा रहेको जग्गा साबिक मैनापोखर गाविस वडा नम्बर ६ को कित्ता नम्बर १५७६ क्षेत्रफल ६५४२.९० वर्ग मिटर जग्गामा २०६६ साल पूर्व देखि बसोबास गरि आएको बस्तीको सन्दर्भमा २०६६ चैत्र ९ गते तत्कालीन मैनापोखर गाविसको कार्यालय बाट जोतभोगको सिफारीस गरेको साथै २०७६ सालमा उक्त जग्गा को अव्यवस्थित बसोबासीको निस्सा समेत प्रदान गरेको हुँदा सो जग्गामा बसोवास गर्ने जनताहरूको सर्न्दभमा समस्या समाधान लागी सर्वदलिय बैठक राख्न स्थानिय बढैयाताल गाउपालिका सरकार संग अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ भने यस निर्णय को वेवास्ता गरी स्थानिय सरकार ले समस्या समाधान को पहल नगरेको खण्डमा आफुहरु अन्य कडा भन्दा कडा संर्घषका कार्यक्रम गर्ने बाध्य हुने अव्यवस्थित बसोबासी सर्घष समिति मैनापोखर का संयोजक जंग बहादुर थारू ले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP