काठमाडौ । प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको छ ।
उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।
श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो।
श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।