लोकप्रिय भिडियो एप टिकटकको मातृ कम्पनी बाइट डान्सले गत वर्ष सन् २०२० मा आफ्नो आम्दानी दोब्बर बनाउन सफल भएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सले आफ्ना कर्मचारीहरुका लागि जारी गरेको एक आन्तरिक सञ्चारपत्र अनुसार सन् २०२० मा कम्पनीले कूल ३४ अर्ब ३० करोड डलर आम्दानी गरेको छ । यो आम्दानी सन् २०१९ को भन्दा १ सय ११ प्रतिशतले बढी हो ।

बाइटडान्सको आम्दानीमा भएको यो अतिउच्च वृद्धिदरले टिकटकको बढ्दो विश्वव्यापी लोकपि्रयतालाई इंगित गर्ने बीबीसीले उल्लेख गरेको छ ।

चीनमा सरकारद्वारा ठूला प्रविधि कम्पनीहरुमाथिको नियन्त्रण तथा दबाबमा वृद्धि भैरहेको बेला बाइटडान्सको आम्दानीमा उल्लेख्य वृद्धि गर्न सफल भएको हो ।

कूल मुनाफा शतप्रतिशतले वृद्धि गर्न सफल भएको बाइटडान्सले गत वर्ष कूल मुनाफामा पनि उल्लेख्य बढोत्तरी गरेको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा बाइटडान्सको कूल मुनाफा ९३ प्रतिशतले बढेर १९ अर्ब डलर पुगेको छ ।

कम्पनीले जारी गरेको आन्तरिक पत्र अनुसार गत डिसेम्बर सम्ममा बाइटडान्सका सबै प्लाटर्फममा गरी मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९० करोड छ ।

पछिल्लो समयमा टिकटकको अत्यधिक लोकपि्रयतासँगै अमेरिका तथा स्वयम चीनलगायतका देशहरुमा बाइटडान्स कम्पनीमाथि नियन्त्रण तथा निगरानी बढिरहेको छ ।

भारतले त टिकटकलगायतका चिनिया एपहरुमाथि प्रतिबन्ध नै लगाइसकेको छ ।

उता अमेरिकामा टिकटकलगायतका चिनिया एपहरुमाथि प्रतिबन्ध लगाउने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई वर्तमान राष्ट्रपति जो बाइडेनले खारेज गरेका छन् । तर बाइडेनले हालै एक नयाँ कार्यकारी आदेश गरेका छन् जस अनुसार चिनियाँ एपहरुले प्रयोगकर्ताका डाटा सुरक्षाको लागि गहन उपायहरु अबलम्बन गरेमा मात्रै अमेरिकी बजारमा रहन पाउनेछन् ।

बीबीसीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP