Trend
बिहिबार , माघ २, २०८२

मुगु  जिल्ला अस्पातलमा एक्सरे सेवा रोकिँदा उपचार प्रभावित भएको छ ।

एक्सेर शाखाकी मञ्जु बोहोरा परीक्षा दिन जिल्ला कार्यालय छोडेर जिल्ला बाहिर गएकी र अर्का कर्मचारी रुपेश मल्लले चार महिनादेखि तलब नपाएको भन्दै काम गर्न छोडेपछि बिरामीले दुई दिनदेखि एक्सरे गर्न पाएका छैनन् ।

दुई दिनदेखि एक दर्जन बिरामी एक्सरेको पखाईमा बसेका छन् । टाढाबाट अस्पतालमा एक्सरे गर्न आएका बिरामी झन् अप्ठेरोमा परेका छन् । जिल्ला अस्पतालले पनि तत्काल एक्सरे शाखामा स्वास्थ्यकर्मीको व्यावस्था गर्न नसकेको बिरामीको गुनासो छ । एक्सरे शाखामा कार्यरत मञ्जु परीक्षा दिन गएकी र रुपेशले चार महिनादेखि तलब नपाएर काम गर्न छोडेपछि बिरामीलाई एक्सरे गर्न गाह्रो भएको निमित्त स्वास्थ्य सेवा व्यावस्थापक ज्ञानसिंह बुढाले बताए । अग्रिम जानकारी नदिएर मञ्जले कार्यालय छाड्दा बिरामीलाई एक्सरे गर्न कठिन भएको उनले बताए ।

बिरामीको एक्सरे सेवा प्रभावित नहोस् भन्ने हिसाबले पहल गरिरहेको उनको भनाइ छ । जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक करुणा भट्टराई शुक्रबार कार्यालय छोडेर घरतर्फ हिँडेपछि जिल्ला अस्पतालमा एक्सरे शाखा लगायत अन्य प्रशासनिक कामकाज समेत प्रभावित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP