Trend
शनिबार , भाद्र २७, २०८३

शीतल थापा बर्दिया ।

सशस्त्र द्वन्द्वको समयमा द्वन्द्वरत पक्षबाट बलपूर्वक बेपत्ता पारिएका नागरिकको सम्झना,उनीहरुको सत्यको खोजी र परिपुरणका पक्षमाआवाज उठाउन बर्दियाको मधुवन नगरपालिकामा १४औं अन्तरास्ट्रिय बेपत्ता दिवस ४नं वडा कार्यालयमा सम्पन्न भयो। कार्यक्रम द्वन्द्व पीडित समिति बर्दियाको समन्वयमा मधुवन नगरपालिकाले आयोजना गरेको हो। कार्यक्रम नगर उप प्रमुख अनिता चौधरीको अध्यक्षता र नगर प्रमुख तेज बहादुर भाटको प्रमुख आतिथ्यतामा भयो ।

त्यसैगरी बिशिस्ट अतिथि हरुमा क्रमशः नगर प्रवक्ता मेक बहादुर गुरुङ, ४ नं वडा अध्यक्ष बलि राम चौधरी र नगर सल्लाहकार विजय वलीहुनुहुन्थ्यो । कार्यक्रमका अन्य अतिथिहरुमा बिनिता चौधरी र सिता सुनार हुनुहुन्थ्यो । कार्यक्रम २६ जना पीडित सहित जम्मा ३८ जनाको उपस्थिति रहेको थियो ।कार्यक्रम औपचारिक कार्यक्रम, -र्याली र बृक्षारोपन गरि सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भाटले पालिकामा रहेका पीडितहरुको तथ्यांक लिइ आवश्यकताका आधारमा पीडित मैत्री कार्यक्रम बनाई संचालन गर्ने बटाउनु भयाे । कार्यक्रम द्वन्द्व समितिका सदस्य एवम् समाजसेवी सुभद्रा योगीले संचालक गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP