राम प्रसाद चौहान बर्दिया,भाद्र १९
लागु औषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखरका २८ वर्षिय योगेन्द्र सिलाललाई प्रहरीले सोमबार पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरी विओपीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिलाललाई नियन्त्रणमा लिएको छ । साइकलमा सवार सिलाल भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेका थिए । उनलाई नियन्त्रण लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । प्लाष्टिकले बेरेर राखेको अवस्थामा उनको साथबाट ४ सय ९० मिलीग्राम लागु औषध ब्राउन सुगरको धुलो बरामद भएको छ । सिलाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरिया स्थित बबई नदीमा फसेका दुई जनाको सकुशल उद्दार

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

बढैयातालमा मासु पसल र दुग्ध डेरीको अनुगमन, सुधारको सुझाव र कारबाहीको चेतावनी


TOP