Trend
शनिबार , भाद्र २७, २०८३

गुलरिया, भाद्र १९ गते / कोटहि माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा कल्पना श्रेष्ठ लोध सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
यही भदौ १४ गते आयोजित अभिभावक भेलाले लोध सहित ओम प्रकाश लोध,असर्फी यादव र निर्मला चौहान गरि ४ जनालाई सदस्य पदमा सर्वसम्मत चयन गरेको थियो ।विद्यालयको पदेन सदस्यमा वडा नम्वर ४ का अध्यक्ष सुरेश गौतम ,प्रधानाध्यापक मदनसिग्देल र शिक्षक प्रतिनिधि भीम प्रसाद पौडेल गरि ३ जना रहेका छन ।निर्वाचित र पदेन सदस्यहरूको बहुमतले आज शान्तादेवी ज्ञवाली र इस्राइल बेहेनालाई सदस्यमा मनोनित गरि समितिलाई पूर्णता दिएको छ। व्यवस्थापन समितिको पूर्णतासगै बसेको आजको पूर्ण बैठकबाट बहुमतको निर्णयले अध्यक्ष पदमा कल्पना श्रेष्ठ लोधलाई सर्वसम्मत रुपमा चयन गरेको प्रधानाध्यापक मदन सिग्देलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिको कार्यकाल ३ बर्षको रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP