Trend
बिहिबार , जेठ २८, २०८३

बर्दिया, २१ भदौ ।

बर्दियामा गैंडाको आक्रमणबाट एक जना टुरिस्ट गाइडको मृत्यु भएको छ भने एक जना विदेशी पर्यटक घाइते भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन अन्तर्गतको बीचमा पर्ने मधुवन–१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडा अवलोकनका क्रममा आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका–९ का मनमोहन चौधरीको मृत्यु भएको हो ।गैंडाको आक्रमणबाट ५६ वर्षीय अमेरिकी पर्यटक सावन मेक लेन्डोन घाइते भएका निकुञ्जका सूचना अधिकारी पुरुषोतम वाग्लेले बताउनुभयो ।

शिव सामुदायिक वनका वन हेरालु थेङ्चु थारुसहित टुरिस्ट गाइड मनमोहन चौधरी र विदेशी पर्यटक गैंडा अवलोकनका लागि आज बिहान सामुदायिक वनभित्र गएका बेला ८ बजेतिर गैडाले आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट घाइते भएका विदेशी पर्यटकको खुट्टामा चोट लागेको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP