Trend
मंगलबार , फागुण १९, २०८२

बर्दिया जिल्लाको सदरमुकाम गुलरिया लगायतका बजारहरुमा चहलपहल बढेको छ । चाडपर्व सुरु भएसँगै बजारमा आवश्यक सर–सामाग्री किनमेल गर्नेको चहलपहल बढ्न थालेको हो । बजारमा मानिसको भिडभाड बढेपनि व्यापार भने खासै नभएको व्यवसायीको भनाई छ ।

विशेषगरी फेसनमा हिड्ने युवा पुस्ता जति सबै देश बाहिर गइरहेकाले त्यसको प्रत्यक्ष असर व्यवसायमा परिरहेको फेन्सी व्यवसायी अफ्ताब आन्सारिले बताउनुभयो । दसैं आउन अब केहिदिनमात्रै बाँकी रहदा बजार व्यस्त देखिएपनि व्यापार भने खासै नभएको उहाँले बताउनुभयो । अधिकांस व्यवसायीले यसपालीको तिजको अवसरमा खासै व्यापार नभएको बताएपनि केही व्यवसायीले भने विगतको तुलनामा यसपाली सन्तोषजनक व्यापार भएको बताएका छन् । विशेषगरी कस्मेटिकका सामाग्री किन्नेहरु बढेको कस्मेटिक व्यवसायी बताउनुभयो । कस्मेटिक सामानको व्यापार भने सन्तोषजनक रहेको उहाँको दाबी छ ।

विशेषगरी तिजमा महिलाहरुले फेन्सी र कस्मेटिक सम्बन्धिका सामानहरु बढि किनमेल गर्ने हुदा पनि कस्मेटिक सामानको व्यापार बढेको उहाँले बताउनुभयो । तिजमा महिलाहरुले सुनचादीका गरहना पनि किन्ने गरेपनि यसपाली भने सुनको भाउ आकासिदा सुनको व्यापार कम भएको पाइएको छ । ‘अहिले सुनको भाउ तोलाको १ लाख ५२ हजार रुपैयाँ पुगिसकेको छ, गुलरियाका सुनचादी व्यवसायी धिरजले भन्नुभयो, यसले गर्दा हामी सुनचादी व्यवसायी र सुन किन्ने ग्राहक दुबैलाई मर्का परेको छ ।, त्यसकारण पनि सुनचादीको व्यापार घट्दै गएको उहाँको भनाई छ ।

समग्रमा यसपालीको चाडपर्वमा विशेषगरी बजारमा कस्मेटिक र फेन्सी सम्बन्धिका सामाग्री बढि किनमेल भइरहेको छ भने सुनचादीको व्यापार फाट्टफुट्ट हुने गरेको छ । फेसनमा हिड्ने युवायुवती सबै बाहिर पलायन हुदा पनि व्यापार घटेको व्यवसायीहरु बताउछन् ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP