Trend
शनिबार , भाद्र २७, २०८३
दाङमा दैनिक रूपमा डेंगु संक्रमित बिरामीको संख्या बढिरहेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूको स्वास्थ्य परीक्षणको क्रममा डेंगु संक्रमण देखिएको हो।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार, भदौ १ देखि १७ गतेसम्म १ हजार २ सय ९९ जनाको परीक्षणमा २९ जनामा डेंगु पोजेटिभ देखिएको छ। भदौ १७ देखि २४ गतेसम्म थप १९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये अधिकांश घोराही क्षेत्रका छन्।

साउन १ देखि ३२ गतेसम्म १ हजार ४ सय ७६ जनाको परीक्षणमा २२ जनामा डेंगु पोजेटिभ देखिएको थियो। २०८० साउनदेखि २०८१ असारसम्म कुल ७६ जनामा डेंगु पुष्टि भएको छ।

डेंगु संक्रमण बढ्दै गएपछि ‘लामखुट्टेको लार्भा खोजौं र नष्ट गरौं’ अभियानलाई जिल्ला जनस्वास्थ्य कार्यालय दाङ र स्थानीय तह मातहतका स्वास्थ्य कार्यालयहरूले तीव्रता दिएका छन्। जिल्लाका सबै पालिकामा सरसफाइ र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ।

स्वास्थ्य संस्थाहरूले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। लामो बाहुला भएका कपडा लगाउने, झुलको प्रयोग गर्ने, र पानी जम्न नदिनेजस्ता उपायहरू अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। प्रतिष्ठानमा आउने बिरामीमध्ये अधिकांशलाई झाडापखाला, ज्वरो र डेंगु हुने गरेको जानकारी पनि दिइएको छ।साभारsitalpuronline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP