दाङमा दैनिक रूपमा डेंगु संक्रमित बिरामीको संख्या बढिरहेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूको स्वास्थ्य परीक्षणको क्रममा डेंगु संक्रमण देखिएको हो।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार, भदौ १ देखि १७ गतेसम्म १ हजार २ सय ९९ जनाको परीक्षणमा २९ जनामा डेंगु पोजेटिभ देखिएको छ। भदौ १७ देखि २४ गतेसम्म थप १९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये अधिकांश घोराही क्षेत्रका छन्।

साउन १ देखि ३२ गतेसम्म १ हजार ४ सय ७६ जनाको परीक्षणमा २२ जनामा डेंगु पोजेटिभ देखिएको थियो। २०८० साउनदेखि २०८१ असारसम्म कुल ७६ जनामा डेंगु पुष्टि भएको छ।

डेंगु संक्रमण बढ्दै गएपछि ‘लामखुट्टेको लार्भा खोजौं र नष्ट गरौं’ अभियानलाई जिल्ला जनस्वास्थ्य कार्यालय दाङ र स्थानीय तह मातहतका स्वास्थ्य कार्यालयहरूले तीव्रता दिएका छन्। जिल्लाका सबै पालिकामा सरसफाइ र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ।

स्वास्थ्य संस्थाहरूले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। लामो बाहुला भएका कपडा लगाउने, झुलको प्रयोग गर्ने, र पानी जम्न नदिनेजस्ता उपायहरू अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। प्रतिष्ठानमा आउने बिरामीमध्ये अधिकांशलाई झाडापखाला, ज्वरो र डेंगु हुने गरेको जानकारी पनि दिइएको छ।साभारsitalpuronline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरिया स्थित बबई नदीमा फसेका दुई जनाको सकुशल उद्दार

बर्दियामा रासायनिक मल अभाव : कृषि मन्त्रीको राजीनामा माग्दै जसपा नेपालको विरोध

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती


TOP
सोमंबुबिशु