Trend
शनिबार , भाद्र २७, २०८३

राम प्रसाद चौहान
बर्दिया,भाद्र २५
गैंडाको आक्रमणबाट ज्यान गुमाएका नेचर गाईडको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरुप आर्थिक सहयोग गरेको छ । पिडितसंग प्रदेश सरकार कार्यक्रम अन्र्तगत मृतक गाईडको परिवारलाई सोमबार राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराईएको हो ।

लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका मन्त्री बादशाह कुर्मीले मृतकको घरमा पुगी राहत स्वरुप रु एक लाख हस्तान्तरण गरेका छन् । मन्त्री कुर्मीले मृतकका बुवा तिदुराम चौधरीलाई रकम हस्तान्तरण गर्दै दुःख व्यक्त गरेका थिए ।मधुवन नगरपालिका–१ का वडा अध्यक्ष मिन थापा, ठाकुरबाबा नगरपालिका–९ की अध्यक्ष राधा चौधरीको रोहबरमा राहत रकम हस्तान्तरण गरिएको छ ।

राहत हस्तान्तरणमा डिभिजन वन कार्यालयका प्रमुख बिजयराज सुवेदी र ठाकुरबाबा नगरपालिकाकी नगर उप–प्रमुख बिना कमारी भट्टराईलगायतको उपस्थिती रहेको थियो ।गत शुक्रबार मधुवन नगरपालिका–१ शिव सामुदायिक वनमा गैंडाको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ का ३७ वर्षिय नेचर गाईड मनमोहन चौधरीको मृत्यु भएको थियो । उक्त सामुदायिक वनमा बर्दिया राष्ट्रिय निकुञ्जको अनुमति लिई अमेरिकी नागरिकलाई पैदल जंगल अवलोकन गराउन गएको बेला गैंडाले चौधरीलाई आक्रमण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP