Trend
शनिबार , भाद्र २७, २०८३

काठमाडौं: नेपाल प्रहरीका एकजना डीएसपीसहित ३ नेपालीको जन्मकुण्डली खोजी थालिएको छ। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले ३ नेपालीको विवरण माग गरेको हो।

स्रोतका अनुसार उनीहरूले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंका छ। जसमा नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही समेत परेका छन्। कैलाली घर भएर कैलालीकै धनगढीस्थित गणमा कार्यरत डिएसपी शाहीसहित कालिकोटका महेन्द्रजंग शाह र कालिकोटकै दिपेन्द्रबहादुर शाहले आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेको भन्दै विवरण माग गरिएको हो।

उनीहरूको पृष्ठभूमि जानकारी गराउन हेडक्वार्टरले मातहतलाई पत्राचार गरेको छ भने प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई विवरण माग गरेको थियो।

स्रोतका अनुसार, २९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेको थियो।

कैलालीका डीएसपी शाही केही समय अगाडि सिंगापुर पनि पुगेका थिए। उनले त्यसबेलाका फोटो तथा भिडिओ फेसबुकमा साझा पनि गरेका छन्

डिएसपी शाहीबाहेक महेन्द्रजंग शाहमाथि अरू देशका प्रहरीले पनि निगरानी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

उनीमाथि नेपालमा समेत वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ठगी गरेको उजुरी प्रहरीमा छ।उनै शाहसँग केही समयअघि सिंगापुरमा डीएसपी हेमबहादुर शाही समेत घुमफिर गरेको तस्बिर सिंगापुर प्रहरीले पाएपछि उनको क्रियाकलापमाथि समेत चासो देखाएको हो।

महेन्द्र शाहले भियतनामी युवतीसँग विवाह गरेर दुबई, मलेसियालगायतका देश बस्ने गरेका छन्।उनीसँग नाम जोडिएका डीएसपी शाही यस अगाडिसमेत विवादित छविका प्रहरी अधिकारी हुन्। उनले प्रहरी निरीक्षकको तालिममै प्रहरी आचरणविपरीत काम गरेको आरोपमा नसिहत पाएका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार पनि गरेका थिए।साभारमहेन्द्र्नगर पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP