ए बि पि, सवादाता
बर्दिया,भाद्र २८
५ ग्राम लागु औषधसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट लागु औषधसहित सशस्त्र प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली धनगढी नगरपालिका–३का २६ वर्षिय मनोज ऐरी र बाँके खजुरा गाउँपालिका– ९ का २७ वर्षिय नविन हमाल छन् ।


भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा अन्दाजी ५ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ फेला परेको जनाईएको छ । दुवै जनाको साथबाट एन्ड्रोइड मोबाईल २ थान र नेपाली रुपैयाँ २ हजार ८ सय ३५ पनि बरामद भएको छ ।


भारतीय सीमावर्ती बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्दै जान थाले पछि सशस्त्र प्रहरीले कडाइ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP