Trend
मंगलबार , फागुण १९, २०८२

ए बि पि, सवादाता
बर्दिया,भाद्र २८
५ ग्राम लागु औषधसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट लागु औषधसहित सशस्त्र प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली धनगढी नगरपालिका–३का २६ वर्षिय मनोज ऐरी र बाँके खजुरा गाउँपालिका– ९ का २७ वर्षिय नविन हमाल छन् ।


भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा अन्दाजी ५ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ फेला परेको जनाईएको छ । दुवै जनाको साथबाट एन्ड्रोइड मोबाईल २ थान र नेपाली रुपैयाँ २ हजार ८ सय ३५ पनि बरामद भएको छ ।


भारतीय सीमावर्ती बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्दै जान थाले पछि सशस्त्र प्रहरीले कडाइ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP