Trend
बुधबार , कार्तिक २०, २०८२

 

गैरकानुनी काम गर्ने ७ जना औषधि व्यवसायी विरुद्ध नेपालगञ्जस्थित औषधि व्यवस्था विभागले मुद्दा दर्ता गरेको छ । गत आर्थिक बर्ष २०८०/८१ मा औषधि व्यवसायी विरुद्ध ७ वटा मुद्दा अदालतमा दर्ता गरेको कार्यालय प्रमुख निनु श्रेष्ठले बताइन् ।

यस्तै आर्थिक बर्ष २०८०/८१ मा ४३ जनालाई विभागीय कारबाही समेत गरिएको छ । विभागले बाँकेका ३, कैलालीका २ र दाङका २ जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको श्रेष्ठले जानकारी दिइन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा लुम्बिनीका ६ वटा जिल्ला कार्य क्षेत्र रहेको औषधि व्यवस्था विभाग नेपालगञ्जका अनुसार विभागीय कारबाहीमा पर्नेमा सबैभन्दा बढी बाँकेका १९ जना छन् ।

यस्तै कैलालीका ८, बर्दियाका ६, सुर्खेतका ५, कालिकोट र बर्दियाका २ /२ र दाङका १ जना विभागीय कारबाहीमा परेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिइन् । औषधि व्यवस्था विभागले अनुचित र गैरकानुनी काम गर्ने औषधि व्यवसायीलाई दुई प्रक्रियाबाट कारबाही गर्ने गर्दछ ।

औषधि ऐन २०३५ र अदालती प्रक्रियाबाट कारबाही गर्ने व्यवस्था रहेको श्रेष्ठले जानकारी दिइन् । औषधि पसलहरूले चोरी पैठारी गरेर औषधि भित्र्याउने, औषधिको अनुचित प्रयोग तथा दुरुपयोग गर्ने लगायतका समस्या बढी देखिएको श्रेष्ठको भनाई छ ।

कम जनशक्ति र ठूलो कार्य क्षेत्र भएकाले सोचे जसरी अनुगमन गर्न नसकिएको औषधि व्यवस्था विभाग।साभारस्वस्थपेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP