Trend
बिहिबार , माघ २, २०८२

ए.बि.पि न्युज नेपाल सवादाता
बर्दिया,असोज २
आसन्न असोज ५ गते हुने उद्योग वाणिज्य संघ गुलरियाको १०औं अधिवेशनको लागि सर्वपक्षिय समावेशी प्यानल घोषणा गरिएको छ । सर्वपक्षिय समावेशी प्यानल प्रचार प्रसार समितिले मंगलबार पत्रकार सम्मेलन गरि प्यानल घोषणा गरेको हो । लामो समयको कसरतपछि सर्वपक्षिय समावेशी प्यानलको लागि सहमति जुटेको छ ।


सर्वपक्षिय समावेशी प्यानलमा अधिकांश पुरानै अनुहार दोहोरिएको देखिन्छ भने कतिपय नयाँ अनुहार छन् । सबै उद्योगी व्यापारीहरुलाई मिलाएर सर्वपक्षिय समावेशी प्यानल तयार गरि निर्वाचनको लागि अघि बढेको पत्रकार सम्मेलनमा जनाईएको छ ।
आसन्न निर्वाचनको लागि सर्वपक्षिय समावेशी प्यानलले घोषणा गरेको उम्मेदवारमा अध्यक्ष पदमा देवेन्द्र (मंगल) पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रथममा इन्द्र कुमार श्रेष्ठ, द्वितिय उपाध्यक्षमा सुरेन्द्र वागाले, तृतिय उपाध्यक्षमा विष्णु कुमार सेठ्ठी, महासचिवमा मोहित पौडेल, सचिवमा श्रीकृष्ण थारु, कोषाध्यक्षमा केशव रिजाल, सहकोषाध्यक्षमा लिला सुनार छन् ।

त्यसैगरि सदस्यमा घनश्याम लोध, जकिर हुसेन (डाक्टर), सुमित्रा चौधरी, कुमार पुरी, नविन चौधरी, मोहम्मद मैहमुद रजा मनिहार, पिताम्बर घिमिरे, सुरेन्द्र गौतम, ओसिम अहमद ईद्रिसी, अशोक कुमार केसी, रमेश रावल र सरदिप ढुङगाना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP