Trend
शनिबार , भाद्र २७, २०८३

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्म अनुरुप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ र जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश प्रतिबद्ध रहेको बताएका हुन्।

सबै प्रकारका विभेद र उत्पीडनको संस्थागत रुपमा संविधानले अन्त्य गरेको, बहुलबाद, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषतालाई आत्मसात् गरेको बताउदै संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गरेका छन्।

‘सेवाप्रवाहको नविनतम भूमिकामा प्रदेश संरचना रहेको छ। कानुन निर्माणदेखि कार्यान्वयनको भूमिकामा प्रदेशले सफलता हासिल गर्दै अगाडि बढिरहेको कुरा सगौरव उल्लेख गर्न चाहान्छु’शुभकामना सन्देशमा भनिएको छ,‘समृद्धि र विकास प्रति जनताकोे तिब्र आकांक्षालाई पूरा गर्न हामी प्रदेश सरकारको तर्फबाट दृढ संकल्पित छौं।

संविधानको पूर्ण पालना गर्नु हामी सबै नागरिकको कर्तव्य हो। संविधानले मार्गदर्शन गरे अनुरुप सरकारका काम कारबाही अगाडि बढाउनु नै विधिको शासनको मूलमर्म हो भन्ने हामीलाइ लागेको छ।’साभारसमयचक्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP