Trend
शनिबार , भाद्र २७, २०८३

भिस्तारा एयरलाइन्सको विमानबाट उनी दिल्ली हुँदै अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

५ दिनदेखि यो तेलुगु फिल्मको सुटिङ काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भैरहेको छ । प्रकाशराजले आइतबारदेखि छायांकन ज्वाइन गर्नेछन् । १० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्नेछन् ।

यो फिल्मका लागि १५ जनाभन्दा बढी कलाकार अहिले नेपालमा छन् । केही नेपाली कलाकारले पनि यसमा अभिनय गरिरहेका छन् । छायांकनमा नेपाली प्राविधिकहरुको संलग्नता छ ।यो फिल्मको नेपाल व्यवस्थापन सुरज आचार्य, अरुण रेग्मी र सुुरेश अधिकारीको कम्पनी थ्री ह्विलर्सले हेरिरहेको छ । फिल्मको निर्माण व्यवस्थापक चलचित्र प्राविधिक संघका अध्यक्ष रहेका पुष्कर लामा (प्रेम भोम्जन) र मनोज जोशी हुन् ।

हस्पिटालिटीको व्यवस्थापन माउण्टेन बौद्ध होलिडेजका प्रकाश सापकोटाले हेरेका छन् । आगामी २० दिनसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फिल्मको छायांकन हुने लामाले जानकारी दिए ।

नेपालअघि यो फिल्मको सुटिङ भारतको हैदराबादमा गरिएको थियो ।बोमारिल्लु भास्करले निर्देशन गरिरहेको यो फिल्मको शीर्ष भूमिकामा सिद्यु जोन्नालगडा छन् । तेलुगु फिल्म ‘टिल्लु स्क्वायर’बाट उनी चर्चामा छन् । वैष्णवी चैतन्य अभिनेत्रीको रुपमा छिन् । वेंकटेश्वर सिने चित्रले फिल्म निर्माण गरिरहेको छ । फिल्मको ८० प्रतिशत छायांकन पुरा भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP