काठमाडौं
६-असोज/ व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार भक्तपुरको कमेरोटारस्थित घरबाट साइबर ब्युरोले पक्राउ गरेको छ। साइबर ब्युरोका डीएसपीको नेतृत्वमा गएको टोलीले बल प्रयोग गरी उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको टोलीले सुरुमा प्रसाईंलाई सहयोग गर्न आग्रह गरे पनि उनी घरबाट बाहिर निस्कन अस्वीकार गरे। त्यसपछि प्रहरीले भर्‍याङको सहायताले घरभित्र प्रवेश गरेर उनलाई पक्राउ गर्‍यो। पक्राउको क्रममा प्रसाईंका अंगरक्षकहरूले अवरोध गर्न खोजेका थिए, जसपछि प्रहरीले अंगरक्षकहरूलाई पनि नियन्त्रणमा लियो।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। काठमाडौं जिल्ला अदालतले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। एक केन्द्रीय सदस्य महिलाले प्रसाईंले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि साइबर ब्युरोमा मुद्दा दर्ता भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP