Trend
शनिबार , भाद्र २७, २०८३

सोमबार, ०७ असोज २०८१,
काठमाडौँ । शिक्षा पत्रकार समूहले स्थापना रजत वर्षको उपलक्ष्यमा आउँदो फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । सम्मेलनमा शिक्षा र पत्रकारिताका विविध मुद्दामा कार्यपत्र प्रस्तुत हुने, विविध शैक्षिक मुद्दामा बहस तथा छलफल हुनेछ ।
नयाँ कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको हो । स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा समूहले यो वर्षभरि विविध कार्यक्रम गर्दै आएको छ ।

निर्जला कक्षपतिको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिले सोमबारदेखि कार्यभार सम्हालेको छ । गत शनिबार सम्पन्न समूहको १२ औँ अधिवेशनले कक्षपतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । नवनिर्वाचित कार्यसमितिले सोमबारदेखि पदभार ग्रहण गरेको छ ।साभाररातोपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP