Trend
बिहिबार , माघ २, २०८२

 

ए.बि.पि न्युज नेपाल

असोज ११,२०८१ शुक्रबार

नेपाल प्रहरी बर्दियाका एसपी र डिएसपीको सरुवा भएको छ । एसपी प्रबिण धिताल र डिएसपी तुल्सीराम अर्यालको सोमबार सरुवा भएको हो ।

एसपी धितालले गत फागुन दोस्रो साता देखि बर्दिया प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । एसपी धितालको काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानी पोखरीमा सरुवा भएको छ भने बर्दिया प्रहरी प्रमुखको रुपमा एसपी केदार खनाल आउन लागेका हुन् ।

खनाल यस अघि नेपाल प्रहरी विशेष सुरक्षा गण बेल चौतारी तनहुँमा कार्यरत थिए । त्यसैगरि जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी अर्यालको लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रहरी नायव महानिरीक्षकको सचिवालय दाङमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय गुलरियामा डिएसपी ऋषिराम घर्ति मगर आउन लागेका हुन् । यस अघि डिएसपी मगर गण्डकी प्रदेश प्रहरी गण पोखरा कास्कीमा कार्यरत रहेका थिए ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको निर्णयले सोमबार देशभर ४१ एसपी र १ सय ४३ डिएसपीहरुको एकैदिन सरुवा तथा काज सरुवा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP